0
गोल्डेन न्यूज संवाददाता
नेपालकै पहिलो पर्यटकीय गाउँ दरौ सिरुवारीको प्रवद्र्धनका लागि निर्माण गरिएको म्यूजिक भिडियोको छायांकन सकिएको छ । पोखराका वरिष्ठ संस्कृतीकर्मी तथा गुरुङ्ग फिल्मका नायक तारा बहादुर गुरुङ्गले सो म्यूजिक भिडियो निर्माण गरेका हुन् । करिव पाँच लाखको लागतमा निर्माण भएको सो म्यूजिक भिडियोको छायंकनका लागि पाँच दिन लागेको निर्माता तथा सस्कृतीकर्मी गुरुङ्गले जानकारी दिए । स्याङजाको पर्यटकीय गाँउ सिरुवारी, दरांै, माझकटेरी र वेझाङ्गका मनोरम दृश्यलाई समावेस गरेर म्यूजिक भिडियो छायंकन गरिएको निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । म्यूजिक भिडियोमा निर्माता तथा चलचित्र कर्मी तारा वहादुर गुरुङ्ग, नेपाली चलचित्रकी नाईका मोनिका दाहाल र नेपाली कथानक चलचित्र धौलीका नायक तेज गिरीले अभिनय गरेका छन् । नायक गुरुङ्गको जन्म स्थान सिरुवारी भएकाले गाउँको वारेमा केहि योगदान गर्ने चाहनाका कारण म्यूजिक भिडियो निर्माण गरेको नायक तथा मोडल गुरुङ्गले वताए । उनले भने–“मेरो जन्म स्थान भएकाले पनि गाउँका लागि केहि गर्ने योजना थियो, त्यहि योजना अनुसार म्यूजिक भिडियो निर्माण गरेको हुँ ।” गाउँको मात्रै नभएर समग्र पर्यटन क्षेत्रको पनि प्रर्वद्धन हुने आशा पनि नायक गुरुङ्गले गरेका छन् । म्यूजिक भिडियोलाई काश गुरुङ्गको छायंकन रहेको छ भने निर्माण तथा प्रस्तुति लालीगुँरास कल्चर एण्ड ड्रेस सेन्टरको रहेको छ । निर्माता लक्ष्मी गुरुङ्ग तथा संगीत जयकुमार परियार रहेको छ । गीतको शव्द र गायन राजु परियारको रहेको छ ।

Post a Comment

 
Top