0
 गोल्डेन न्यूज संवाददाता 
पोखराको पृथ्वीचोकमा रहेको सस्तो बजारमा अनियन्त्रित रुपमा अवैध घरभाडा अशुलेको बिषय सार्वजनिक भएपछि उक्त क्षेत्रका ब्यापारीहरुलाई आतंकित बनेका छन् । बजार संचालक व्यवस्थापन समितिले मासिक ६३ हजारमा नेपाल एयरलाईन्सको जग्गा भाडामा लिएर ब्यापारीसंग मासिक ८ लाख अशुलेको थाहा भएपछि व्यापारीहरुले भाडा दिन ईन्कार गरेका छन् भने बजारको व्यवस्थापनको जिम्मा लिएका भरत गुरुङ्गले प्रहरी र अन्य मानिसहरुको प्रयोग गरेर धम्काउन थालेको बताइन्छ । १० बर्षका लागि भाडामा लिएको उक्त जग्गाको समय आगामी चैत्रमा सकिदैछ । अनियन्त्रित रुपमा सामान्य भाडा संझौताको पनि ख्याल नगरी भाडा अशुल गरेपछि सो स्थानमा रहेका करिब साढे दुई सय व्यापारीहरुले भाडा नदिने भनेपछि गुरुङ्गले राजनीतिक पार्टीहरुको आडमा प्रशासनलाई समेत प्रयोग गरेको ब्यापारीहरुले आरोप लगाएका छन् ।भाडा दिनको लागि नेपाल एयरलाईन्ससंग भएको सम्झौताको माग गरेपछि गुरुङ्गले आफू असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकाले आफूहरुले सोधपुछ गरेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । खुलेआम कालोेबजारी र सरकारी सम्पतीका गलत प्रयोग भएको यथेष्ट प्रमाण आफूहरुले प्रसासन र सम्बन्धित निकायमा बुझाएपनि आफूहरुको कुनै सम्बोधन नभएको व्यवसायी हरुले गुनासो गरेका छन् । आफूहरु चर्को भाडा तिरेर मारमा परिरहेको अवस्थामा उल्टो धम्काउने र आतंकित बनाउने काम प्रशासनबाट नै भएकोले न्यायको खोजी गरिदिन उनीहरुले माग गरेका छन् । तत्कालिन अवस्थामा पोखरामा भएको फुटपाथ व्यापार व्यवस्थापन नीति अन्तर्गत फुटपाथ व्यवसायीहरु उक्त स्थानमा दैनिक ३५ रुपैयाँ भाडा तिर्ने गरि बसेका थिए । एक बर्ष पछि नेपाल एयरलाईन्स संग भाडामा लिएका कृष्णकुमार श्रेष्ठ र व्यवस्थापनको जिम्मेवारी लिएका भरत गुरुङ्गले विभिन्न प्रलोभन र त्रास देखाएर ८ लाख मासिक तिर्न बाध्य बनाएको बताईएको छ । उक्त स्थानमा व्यापारिक ट्रस्टहरु पनि व्यवसायीहरु आफैले निर्माण गरेका हुन् । अस्थाई र अन्य विभिन्न संरचना निर्माण भैसकेपछि व्यवसायीहरुसंग तोकेको भाडा नतिरे निकाल्दिने धम्की दिएर मासिक ८ लाख तिर्ने गरि सम्झौता गरिएको उनीहरुको भनाई छ । मासिक रुपमा चर्को रकम उठाएसंगै व्यवसायीहरु संग ३७ लाख रुपैयाँ धरौटी पनि मागिएको छ । करिब तीन करोडको संरचना भत्काउँदा साढे दुईसय व्यापारीको रोजिरोटी खोसिने भएपछि आफूहरुले बाध्य भएर चर्को भाडा तीर्न तयार भएको उनीहरु बताउछन ।

Post a Comment

 
Top