गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ७ मा रहेको ह्याप्पी बोर्डिङ स्कुलको कक्षा ६, ७ र ८ का कक्षा कोठाहरुमा लगाइएको ताला न्यायालयको फैसलासँगै सम्बन्धित निकायहरुले सोमबार खोलिदिएका छन् । पुनरावेदन अदालत कास्कीले गत जेठ २० गते पैmसला गरी बन्द कक्षा कोठाहरु तत्काल खोली कक्षा सञ्चालन गर्न दिन आदेश दिएको थियो । बैशाख ९ गते जिल्ला प्रशासन कार्यालय कास्की र अन्य कार्यालयका प्रतिनिधिहरुले ६ देखि ८ कक्षा सम्म विद्यालय नचाउन भन्दै ताला बन्दी गरेको थियो ।. सोमबार जिल्ला शिक्षा कार्यालय कास्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्की सहित अन्य कार्यालयका प्रतिनिधि हरुको उपस्थितिमाा जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले बन्द कोठाका ताला खोलिदिएका हुन् । ताला खोलिए लगत्तै विद्यालयले आफ्नो पढाई सञ्चालन गर्ने विद्यालयका निर्देशक कविराज बरालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । कास्कीका केही विद्यार्थी नेताहरुले आर्थिक प्रलोभनमा परी अदालतमा मुद्दा चलिरहेको अवस्थामा विद्यालयमा तोडफोड समेत गरेका थिए । तोडफोडमा संलग्न एमाले र एमाओवादीका कास्कीस्तरका विद्यार्थी नेताहरुलाई तत्कालै कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो । एमालेका विद्यार्थी नेता शेखर गौतम पक्राउ परेर एक साता लामो समय थुनामा बसी सार्वजनिक मुद्दा खेपेर निस्किएका थिए भने एमाओवादीका कृष्णराज दाहाल फरार भएका थिए । वैशाख १२ गते आएको भूकम्पको प्रलयका बेला वडा प्रहरी कार्यालय बैदामको थुनामा रहेका गौतमको रिहाईको माग गर्दै आन्दोलनको तयारी गरेका विद्यार्थीहरुको कार्यक्रम शुरुदेखि नै तुहिएको थियो । गौतम र दाहालको गतिविधि गलत भएको भन्दै अन्य विद्यार्थी नेताहरुले सहयोग गर्न छाडेका थिए । उक्त विद्यालयमा गौतम र दाहाल स्कुटरमा चढेर आई निर्देशक कबिराज बरालको कक्षमा पुगी वार्गेनिङ गर्दै तोडफोडमा उत्रिएका थिए । तोडफोड लगत्तै एमालेका विद्यार्थी नेता गौतमले सोही विद्यालयका महिला कर्मचारीमाथि हातपात गरेका थिए । तोडफोड भएका सामानहरु सहित एकलाख भन्दा बढि क्षतिपूर्ति दिनुपर्ने भन्दै प्रहरीमा विद्यालय प्रशासनले उजुरी दिए पछि ती विद्यार्थी नेता आवद्ध दलले अब आईन्दा यस्तो हर्कत नदोहो¥याउने शर्तमा एकपटकलाई माफी दिन आग्रह गरेपछि विद्यालय सञ्चालकहरुले माफी दिएका थिए । सो क्रममाा महिलामाथि हातपात गरेको विषयमा कार्वाही अगाडि चलाउन खोज्दा पनि दलका नेताहरुले यस्तो नगरिदिन आग्रह गरेपछि थप कार्वाही हुनबाट घटनामा संलग्न पात्र जोगिएको बताइन्छ । ती विद्यार्थी नेताहरुले सोही प्रकृतिको विद्यालय आफ्नै दलका साथीहरुले सञ्चालन गरेको भन्दै कुनै अवरोध खडा गरेका थिएनन् भने ह्याप्पी बोर्डिङ स्कुलमा आएर पटक–पटक तनाव र दवाव दिने काम गरिरहेका थिए । ह्याप्पी बोर्डिङ स्कुल जस्तै स्थानान्तरणको प्रक्रियामा पोखरा—१० रामघाट स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नजिकै रहेको यस्तै एक विद्यालयमा भने नेकपा एमालेका केही नेता तथा कार्यकर्ताले संचालन गरेकोले उनीहरुले त्यहाँ केही गरेका थिएनन् । ह्याप्पी बोर्डिङ स्कूल शुरुमा बगरमा स्थापना भई पछिल्लो क्रममा पोखरा–७ मासबारमा स्थानान्तरण भएको थियो । सोही क्रममा अदालतमा कानूनी प्रक्रिया चलिरहेको अवस्थामा पनि विद्यालयमा बन्द, तोड्फोड लगायतका कार्य हुँदै आइरहेको थियो ।
Post a Comment