गोल्डेन न्यूज संवाददाता
लेखनाथ–१२ खुदीमा रहेको पोखरा विश्वविद्यालयको गतिविधि पूर्ण रुपमा ठप्प भएको छ । विभिन्न गतिविधिको आरोप र मागको विषयमा सुनुवाई नभएको भन्दै विहीवारदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अनिश्चित तालावन्दी गरेको छ । अनेरास्वियुले हेल्थ एण्ड एलाइण्ड साइन्स संकायमा डिनले गरेको विद्यार्थी ट्रान्सफर रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । करिव २ दिनअघि डिनलाई शौचालयमा थुनेको कारण विद्यार्थीलाई गरेको निश्कासन समेत फिर्ता लिन माग गरेका छन् । अनेरास्ववियु पोखरा विश्वविद्यालय ले एक विज्ञप्ति जारी गदै शैक्षिक वेतिथि हटाउन र विद्यार्थीलाई शैक्षिक हकवाट निश्काशन गर्न नमिल्ने जानकारी दिएको छ । त्यसै गरी एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यार्थी पढ्न आएका हुन् तर तोड्फोड र झगडाको वातावरण ल्याउन र व्यक्ति माथि हमला गर्नेलाई नछाड् समेत जानकारी दिएका छन् । विश्वविद्यालय प्रशासनले विश्वविद्यालयका पदाधिकारी रहेका डिन माथि आक्रमण गर्ने ३ जना अनेरास्वियु निकट विद्यार्थीलाई १५ दिनका लागि निश्कासन गरेको छ । विश्वविद्यालयका उपकुलपति विष्णुराज तिवारीले विश्वविद्यालय सवैको सम्पत्ति हो र यसको सवै मिलेर वार्ताको माध्यमवाट समस्याको समस्या खोज्न आग्रह गरेका छन् । त्यसै गरी नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालय बन्द हुँदा विद्यार्थीको भविष्यमा नै खेलवाड हुने हुनाले शैक्षिक संस्था वन्द नगर्न आग्रह गरेका छन् । विश्वविद्यालय को मूल गेट र केन्द्रीय कार्यालय सबै ठप्प रहेको छ ।
Post a Comment