अनुपम म्युजिक एण्ड कास्की मल्टिमिडियाको आयोजना तथा इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमान्चल क्याम्पस, लामाचौरको व्यवस्थापनमा सोमबारदेखि एक महिने उद्घोषण, भाषण कला तथा समाचार लेखन तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान) का केन्द्रीय सदस्य रमेश पौडेलले बोल्नु मानव जीवनकै एक महत्वपूर्ण कला भएको भन्दैै बोल्ने कलाले जुनसुकै व्यक्तिको पेसा व्यवसायमा सघाउनुका साथै दीगो रुपमा स्थापित हुन मदत मिल्ने बताए । उनले प्रशिक्षार्थीहरुलाई तालिमको सक्दो सदुपयोग गर्न सुझाव दिए । तालिमबाट पोखराका विभिन्न सञ्चार क्षेत्रमा आवश्यक जनशक्तिको अभाव पूर्ति गर्न सघाउ पुग्ने उपाध्यक्ष पौडेलले बताए । कार्यव्रmमका गायक तथा सङ्गीतकार रामभक्त जोजिजुले उडेर जुन छुन्छु भन्थेँ... र के वर मागी फक्र्यौ भन...बोलका दुई गीत प्रस्तुत गरेका थिए । पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक घनश्याम लामिछानेले यस्ता खालका तालिमले िविद्यार्थीको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बता । अनुपम म्युजिक एण्ड कास्की मल्टिमिडिया का प्रबन्ध निर्देशक अनुराग अधिकारीले आफ्नो संस्थाले १०५ औँ शृङ्खलाका रुपमा इन्जिनियरिङका विद्यार्थीहरुका लािग तालिम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यव्रmम संयोजक आदिप बस्नतेको सञ्चालनमा भएको कार्यव्रmममा आशिष शर्माले स्वागत गरेका थिए । तालिममा ३० जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
शिक्षf
» उद्घोषण, भाषण कला तथा समाचार लेखन तालिम सुरु
Subscribe to:
Post Comments (Atom)
Post a Comment