0
गोल्डेन न्यूज संवाददाता
नेपालको लागि अष्टे«लियाका प्रथम सचिव तथा कन्सुलर स्टेफन रोइले भूकम्पपछि नेपालको प्रसिद्ध अन्नपूर्ण चक्रीय पदयात्रा मार्ग सुरक्षित रहेको सन्देश प्रवाहित गर्ने प्रतिवद्धता व्यक्त जनाएका छन् । नेपाल घुम्न आउने अष्टे«लियन नागरिहरुले पदयात्रा रुचाउने जानकारी दिँदै उनले आफ्ना देशका नागरिहरुलाई अन्नपूर्ण क्षेत्र र नेपाल घुम्न प्रोत्साहन गर्ने सूचना र गतिविधिहरु संचालन गर्न दूतावास तयार रहेको बताए । पोखरा उद्योग वाणिज्य संघले बुधबार उनको सम्मानमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले पोखरा र समग्र पश्चिमाञ्चलको विकासका निम्ति अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोषेढुङ्गा सावित हुने बताउँदै विमानस्थल निर्माणमा बढी सक्रिय रहन पोखरा उद्योग वाणिज्य संघलाई आग्रह गरे ।  नेपाल र अष्टे«लियाबीचको सुमधुर सम्बन्धको विविध पक्षको बारे चर्चा गर्दै उनले अष्टे«लियाका व्यवसायीहरु नेपाल भ्रमण र  नेपालमा लगानीको लागि इच्छुक रहेको उनले जनाए । भूकम्प पछिको पुनर्निर्माणमा नेपालले देखाएको तत्परताको प्रशंसा गर्दै उनले अष्टे«लिया सदैव नेपालीको साथमा रहेको जनाए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भूकम्पले अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा कुनै असर नगरेको र यो क्षेत्रका व्यवसायीहरु पर्यटकलाई स्वागत गर्न तत्पर रहेको जानकारी दिए । पोखराको सौन्दर्य र विकास निर्माणबारे चर्चा गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले नेपाललाई वैकल्पिक विमानस्थल र पोखराको लागि पर्यटकीय सम्भावना बढाउने जनाए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले भूकम्पपछि पोखरा र वरपरको अवस्था बुझ्नका लागि प्रथम सचिवले देखाएको सक्रियताको मुक्तकण्ठले प्रशंसा गर्दै भूकम्पले पु¥याएको क्षति र संघले राहत र पुनः स्थापनाको लागि चालेको गतिविधिबारे जानकारी दिए । अध्यक्ष थापाले भूकम्पपछि नेपाली जनजीवन सामान्य अवस्थामा फर्कदै गरेको भएपनि पर्यटन उद्योगमा भने यसले नराम्रो असर पारेको जानकारी दिए ।
भूकम्पपछि अष्टे«लिया लगायतका देशका पर्यटकहरुले  नेपाल भ्रमण नगरेको र भ्रमणहरु रद्ध हुँदा यसले पर्यटन मात्र नभएर समग्र अर्थतन्त्रमा प्रभाव पारेको उनको भनाई थियो । भूकम्पले देशमा ठूलो क्षति पु¥याए पनि पोखरा र वरपरको क्षेत्र सुरक्षित रहेको जानकारी दिँदै उनले यो सन्देश पर्यटन बजारमा पु¥याइदिन प्रथम सचिवसँग आग्रह पनि गरे । भूकम्पपछि सुस्ताएको पोखराको पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले अभियान नै संचालन गरेको जानकारी दिँदै उनले यो अभियानमा अष्टे«लियाको साथ मिल्ने आशा व्यक्त गरे । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले पोखरा उद्योग वाणिज्य संघ आपसी सहकार्य वृद्धिका लागि अष्टे«लियाको निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको जानकारी दिँदै त्यहाँको कुनै उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध कायम गराउन दूतावास सँग सहयोगको आग्रह गरे ।  प्रथम उपाध्यक्ष क्षेत्रीको प्रस्तावलाई स्वीकार्दै नेपालका लागि नेपालको लागि अष्टे«ेलियाका प्रथम सचिव स्टेफन रोइले भगिनी सम्बन्धको लागि पहल गर्ने आश्वासन दिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रविन्द्रबहादुर प्रजु,, कोषाध्यक्ष दिलिपराज श्रेष्ठ, अष्टे«लियन राजदूतावासका अधिकृत कुमुद गुरुङ,पोखरा उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक टोपबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top