ज्येष्ठ नागरिक जिल्ला संघ एवं पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुली अस्पताल भर्ना भएका छन् । पिसावथैलीमा समस्या भएपछि उनको फेवासिटी अस्पतालमा शनिबार अपरेशन गरिएको हो । अपरेशनपछि स्वासप्रश्वास मा केही समस्या देखिएपछि वहाँको सघन उपचार कक्ष (आईसियु)मा उपचार भइरहेको छ । चिकित्सकका अनुसार छातीमा खरावी भएका कारण स्वासप्रश्वासमा केही समस्या आएको हो । सिटी स्क्यान तथा रगत जाँच पछि हल्का पोषणयुक्त खानेकुरा खान दिने प्रयास भइरहेको समेत उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । शनिबार साँझ अर्धचेत अवस्थामा आइसियुमा भर्ना गरिएकोमा आइतबार केही सुधार भएको बताइएको छ । चिकित्सकले १–२ दिनमा राम्रोसँग सुधार हुने विश्वास व्यक्त गरेका छन् । पराजुली ज्येष्ठ नागरिक जिल्ला संघ तथा पोखरा वृद्धाश्रमको अध्यक्ष रही ज्येष्ठ नागरिकको हक हित संरक्षणमा क्रियाशील रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment