0
गोल्डेन न्यूज संवाददाता
गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले आप्mनो उत्पादन आर्क स्मार्टफोनको मंगलबार एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरेको छ । कार्यक्रममा हिम इलेक्ट्रोनिक्सका क्षेत्रीय प्रबन्धक पवन थापाले मोबाइल तथा कम्पनीका बारेमा जानकारी गराउँदै उक्त मोवाइल सार्वजनिक गरेका थिए । मोबाइल कम्पनीहरुले विक्रीको पक्षमात्रै ध्यान दिने तर सेवा सुविधा दिने तिर ध्यान नदिंदा मोबाइल ग्राहकहरु मारमा परेको उनले बताए । उनले हिम इलेक्ट्रोनिक्सको आर्क मोबाइलमा खरिद पछिका सेवा बलियो रहेको स्पष्ट पारे । मोबाइल कुनै कारण विग्रिएमा २४ घण्टा भित्रमा बनाएर दिन सक्ने सेवा उपलब्ध गराएको बताउँदै उनले सो समय भित्रमा बनाउन नसके नयाँ फोन ग्राहकलाई उपलब्ध गराउने गरे । पोखराका मोबाइल विक्रेताहरुको माझ आर्क मोबाइल विशुद्ध नेपाली ब्राण्ड रहेको बताउँदै सबैको माया पाउने समेत विश्वास व्यक्त गरे । उनले आर्क मोबाइलका सबै सेट थ्रिजि रहेको, क्यामेरा उत्कृष्ट रहेको, आइपिएस स्क्रिन रहेको गोल्डेन न्यूज दैनिकलाई बताए । पोखरा, बाग्लुडका लागि अधिकृत विक्रेता आकुरा ट्रेड लिंकका तोयराज तिमिल्सिना तथा जनकराज सुवेदीले आर्क मोबाइल अहिले बजारमा रहेको मोबाइलमध्ये उत्कृष्ट रहेको दावी गरे । विक्री पछिको सेवा सुविधा बलियो रहेकोले ग्राहकहरुले ढुक्कसंग खरिद गर्न सक्ने उनीहरुले जानकारी दिए । मोबाइल विक्रेतालाई समेत उपहार योजना रहेको बताइन्छ ।  कार्यक्रममा लक्ष्य पुरा गर्ने विपि चोक चिप्लेढुंगाका मोबाइल विक्रेता अमृत श्रेष्ठलाई सामसंगको टिभि उपहार प्रदान गर्दै सम्मान समेत गरेका थिए।

Post a Comment

 
Top