गोल्डेन न्यूज संवाददाता
पोखरा २८ जेठ ।
राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त सञ्चालक समिति सदस्य गंगाधर पराजुलीले बिहीबार समितिको पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको अवलोकन गरी कार्यरत कर्मचारीहरु लाई आवश्यक निर्देशन दिएका छन् । वि.सं. २०३५ सालमा स्थापित क्षेत्रीय कार्यालयको अवलोकन पश्चात् पराजुलीले राससलाई व्यवसायिक र विश्वसनीय संस्था बनाउन आफूले सक्दो प्रयास गर्ने बताए ।

गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत रहेका पराजुलीले राससको विश्वसनीयता बढाउने दायित्व कार्यरत कर्मचारीकै भएको बताउँदै व्यवसायिक पत्रकारिता गर्न राससका संचारकर्मीहरु लाई निर्देशन दिए । “रासस भनेको अन्यत्र जागिर नपाएर जागिर खाने संस्था होइन, व्यवसायिक र जिम्मेवारीपूर्ण पत्रकारिता गर्ने थलो हो भन्ने सबैले बुझ्नुपर्छ ।”–उनले भने । राजनीतिक आस्था र विचारलाई पर राखेर पत्रकारिता गर्नुपर्नेमा उनले जोड समेत दिए । उनले राम्रो समाचारले राससको विश्वसनीयता बढ्ने मात्र नभई आम्दानीमा पनि बृद्धि हुने भएकोले त्यसैलाई मूल मन्त्र मानी काम गर्नुपर्ने बताए ।
राससको क्षेत्रीय कार्यालय पोखराको नयाँबजारमा रहेको छ । २ रोपनी १२ आना जग्गामा रहेको राससको कार्यालय अहिले जीर्ण बनेको छ । जीर्ण भवनको मर्मत र राससको प्रतिष्ठा बढाउन आफूले प्रयत्न गर्र्नेे उनको प्रतिवद्धता थियो । नवनियुक्त बोर्ड सदस्य पराजुलीलाई स्वागत गर्दै क्षेत्रीय कार्यालयका प्रमुख निमदत्त सुवेदीले जीर्ण भवनको मर्मत, जग्गाको सुरक्षाको लागि कम्पाउण्डिङ, समाचार कक्षको आधुनिकीकरणका लागि ध्यानाकर्षण गराए । लामो समय पत्रकारिता गर्दा आफूले यो क्षेत्रको समस्यालाई नजिकबाट नियालेको बताउँदै उनले राससको प्रतिष्ठा बढाउन कुलचन्द्र वाग्ले नेतृत्वको वर्तमान सञ्चालक समितिले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा राससका पोखरा प्रमुख सुवेदीका साथै समाचारदाता वासुदेव मिश्र र कर्मचारी हरि बाँस्तोला लगायतले खादा ओढाएर पराजुलीलाई स्वागत गरेका थिए भने त्यहाँ कार्यरत कर्मचारीले विभिन्न समस्याका बारेमा जानकारी गराएका थिए ।
पराजुलीलाई गत बुधबार सूचना तथा संचारमन्त्री डा. मीनेन्द्र रिजालले मन्त्रिस्तरीय निर्णयबाट रासस सञ्चालक समितिमा नियुक्त गरेका थिए ।
Post a Comment