गोल्डेन न्यूज संवाददाता
पोखराका युवा पेट्रोलियम व्यवसायी सुनिल कुमार गुरुङलाई पोखरा उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्यमा मनोनित गरिएको छ । पोखरामा रहेर लामो समयदेखि पेट्रोलियम व्यवसाय र खेलकूदको क्षेत्रमा क्रियाशील गुरुङ नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय सदस्य तथा गण्डकी ट्याङ्कर व्यवसायी संघका अध्यक्ष समेत हुन् । पोखराको बुद्धचोकमा मनकामना आयल स्टोर्स संचालन गरिरहेका गुरुङ एन्फा कास्कीका सल्लाहकार पनि हुन् । पोखरा उद्योग वाणिज्य संघको बुधबार सम्पन्न कार्यकारिणी समितिको बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो । यसअघि पोउवासंघको अधिवेशन बाट निर्वाचित भएका कार्यकारिणी सदस्य दीलिप सुवेदीले अमेरिका गएर बस्न लागेपछि पोउवासंघ बाट राजीनामा दिएका कारण एक सदस्य पद रिक्त रहेको थियो । राजीनामा दिएका सुवेदी र हाल मनोनित गुरुङ दुवै पेट्रोलियम व्यवसायी हुन् ।
Post a Comment