0
गोल्डेन न्यूज संवाददाता
हातहतियार खरखजना मुद्धामा फरार रहेका लेखनाथ नगरपालिका वडा नं. १२ बस्ने सुरेश पुन भन्ने मोहन पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ परेका ३० वर्षीय पुनलाई जेठ ३२ गते पक्राउ गरी सोही दिन जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाईकोमा पाँच वर्षको लागि कारागार चलान गर्ने आदेश भएको हो । प्रमुख जिल्ला अधिकारीसँग हातहतियार खरखजना मुद्धामा पक्राउ गरेकालाई कारवाही गर्ने अधिकार हुने भएपनि एउटै प्रकृतिका मुद्धामा फरक–फरक सजाय हुने गरेको छ । राजनीतिक दलको दवाव, पहुँच र आर्थिक चलखेल गर्नेहरु १ दिन पनि थुनामा सजिलै नबसी यस्तो मुद्दाबाट उन्मुक्ति पाउने गरेका छन् । पोखराका टोलेगुन्डा ललित गुरुङ तत्कालिन अवस्थामा पेस्तोलसहित पक्राउ परेपनि उनलाई १ दिन हिरासत नराखी लाखौं रुपैयाँको चलखेल गरेर सजिलै उन्मुक्ति दिएको थियो । लेखनाथ नगरपालिका वडा नं. ७ रुपाताल नजिकबाट थुम्की गाविस–४ बस्ने सुरेन्द्र गुरुङ लगायतका मानिसहरुलाई कास्की प्रहरीले २०६७ भदौं ८ गते दिउँसो ४ बजे अमेरिकन पेस्तोल थान १ र सोमा लाग्ने ५ राउण्ड गोली सहित पक्राउ गरिएको थियो ।

Post a Comment

 
Top