0
गोल्डेन न्यूज संवाददाता
पोखरा–३, नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण उच्च माविले एक कार्यक्रम आयोजना गरि २०७१ सालको एसएलसी परीक्षामा उत्र्तीण विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेको छ । २०७१ सालको एसएलसीमा ४० जना विद्यार्थीहरुले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा निकालेको विद्यालयले जनाएको छ । जसमध्ये ९ जनाले विशिष्ट श्रेणी र अन्य विद्यार्थीहरु प्रथम श्रेणीमा उत्र्तीण भएका छन । सो अवसरमा विद्यालयले आफूले घोषणा गरेको पुरुस्कार राशी समेत विद्यार्थीहरुलाई प्रदान गरेको छ । विशिष्ट श्रेणी प्राप्त गर्ने ५ जना विद्यार्थीहरुलाई विद्यालयले नगद ५÷५ हजार प्रदान गरेको छ । विद्यालयबाट ८८.५ प्रतिशत हासिल गर्ने जानु थापा, ८७.३७ प्रतिशत हासिल गर्ने सुस्मिता पराजुली, ८६.७५ प्रतिशत हासिल गर्ने रोशन रेग्मी, ८५.३७ प्रतिशत प्राप्त गर्ने विवेक शर्मा र ८५ प्रतिशत हासिल गर्ने गौरव प्रधानलाई नगद ५ हजार प्रदान गरिएको थियो । कार्यक्रममा कसमस गु्रपका अध्यक्ष तेज गुरुङ्ग, विद्यालयका प्राचार्य रामजी शर्मा, शिक्षक रामजी वराल विद्यालयका शिक्षकहरु अभिभावक लगायतले विद्यार्थीलाई सम्मान गर्दै शु्भकामना दिएका थिए । विद्यालयका अध्यक्ष चिजकाजी गुरुङ्गको अध्यक्षतामा कार्यक्रम भएको थियो । पोखराको जेठो संस्थागत विद्यालय मध्येको माउन्ट अन्नपूर्ण उच्च मावि हाल कसमस गु्रपले संचालन गरिरहेको छ ।

Post a Comment

 
Top