सद्रुभावना पार्टीका सभासदले संविधानसभाको मास्यौदा समितिको शनिबारको बैठक बहिष्कार गरेको छन् । उक्त पार्टीको तर्फबाट समितिमा सदस्य रहेका सभासद नरसिंह चौधरीले सर्वोच्चको आदेश अनुसार मास्यौदाको काम रोक्न बैठकमा आग्रह गरेका थिए । समिति सभापति कृष्ण सिटौलाले मस्यौदा लेखन कार्यलाई निरन्तरता दिने रुलिङ गरेपछि सभासद चौधरी बैठक बहिष्कार गरि बाहिरिए । चौधरीले विज्ञप्ति प्रकाशित गरी अन्तरिम संविधानको धारा १३८(१) क विपरीत प्रदेशको नामाकंन, सीमाकंनलाई थाती राखी संविधानको मस्यौदा थालिएकाले आफूले बैठक बहिष्कार गरेको जनाएका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको आदेश अनुसार मस्यौदाको काम रोक्नुपर्ने सभासद चौधरीले बैठकमा जिकिर गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment