भूकम्प प्रभावित जिल्ला गोरखाको केराबारी गाविसमा युवा संघ गण्डकी अञ्चलको नेतृत्वमा पूनर्निर्माणको काम सम्पन्न गरेको छ । गण्डकी अञ्चल अध्यक्ष नवराज ओझाको नेतृत्वमा गएको टोलीले केराबारीमा ६४ घरको निर्माण गरेको छ भने २० घर मर्मत र पुरीका २४ घरका सामाग्रीहरु निकाल्ने काम सम्पन्न गरेको हो । संघले केराबारी गाविसमा रहेका पाँच विद्यालयका २४ कोठा, एक स्वास्थ्य चौकी र एक हुलाकको  निर्माण समेत गरेको छ । केराबारीमा पार्टीका तर्फबाट कास्की सचिव  दामोदर बैरागी, युवा संघ केन्द्रीय कोषाध्यक्ष माधव बाँस्तोला, सचिवालय सदस्य सन्तोष रावल, देवन गुरुङ, खिलबहादुर राना, जिल्ला सदस्यहरु संकरनाथ पौडेल, कृष्ण न्यौपाने, विष्णु केसी लगायतले पुनर्निर्माणमा सहभागी भएका छन् । उक्त टोलीले विहीवार केरावारी गाविसमा पूर्ननिर्माणका लागि काम गुरु गरेको छ । केरावारी वडा नं १ नेपाने गाउका अग्रज एवंम समाजसेवी भगवान गरुङ्गले एमाले स्वयमसेवको गुन कहिल्यै बिर्सन नसकिने वताए । साथै सोही गाउँका अर्का भूकम्पबाट पीडित ओम गरुङ्गले एमाले स्वयंसेवक समयमै आएर गाविसका जनताको आँशु पुछेको बताए । केरावारी गाविसका पूर्व अध्यक्ष विराज गरुङ्गले स्वयंसेवक संग काम गर्दा अत्यन्त्र खुशी लागेको बताए । काम गर्दा आप्mनो अर्काको नभनी गाविसका खतरामा रहेका भवनहरु एकनाशले खतरा मूक्त गरेको बताए । स्वस्थ्य चौकीका प्रमख रामचन्द्र घिमिरेले स्वस्थ्यचौकी नेकपा एमालेले खतरा मुक्त गरेको र टेण्टको समेत व्यवस्था गरेको भन्दै दुःखमा एमालेले दिएको साथ कहित्यै नभुल्ने बताए ।
Home
 » 
Flash
 » 
पछील्ला समाचार
 » 
महत्वपूर्ण समाचार
 » 
संघ संस्था गतिबिधी
 »  युवा संघद्वारा गोरखा केराबारीमा ६४ घर निर्माण
          
      
Subscribe to:
Post Comments (Atom)

Post a Comment