गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले क्षेत्र नं.३ कास्की विपत व्यवस्थापन स्वयंसेवक परिचाल समितिले भूकम्प पीडितको घरको भग्नावशेष हटाएर अस्थायी बसोबासको व्यवस्था मिलाउन मंगलबार सय जना स्वयंसेवक परिचालन गरेको छ । ५ समूहमा विभाजन गरिएको स्वयंसेवक टोलीले क्षेत्र नं.३ को विभिन्न ठाउँमा ३ दिने श्रम शिविर गरेर भूकम्प पीडितलाई अल्पकालिन बसोबासको व्यवस्था गर्ने भएको छ । क्षेत्रीय अध्यक्ष धनबहादुर नेपालीको नेतृत्वमा गएको टोलीले पोखरा उपमहानगरपालिका वडा नं.२४ कृष्ती बयली स्थित डम्बरी थापाको घरको भग्नावशेष हटाएको छ । त्यस्तै हरिमाया बस्नेतको माथिल्लो तला हटाएर टिन राखी बसोबासको व्यवस्था मिलाएको नेकपा एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिए । उपाध्यक्ष नगेन्द्र गुरुङको नेतृत्वमा गएको स्वयंसेवक टोलीले लेखनाथ १६, छप्ल्याङ पाखामा भूकम्प पीडितको सपना ढकालको भत्कीएको घरको सरसामान जतन गरी अल्पकालिन बसोबासको व्यवस्था मिलाएको एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नंं.३ का अध्यक्ष युवराज पौडेलले बताए । त्यस्तै सचिव ऋषि गौतमको नेतृत्वमा पोखरा २३ निर्मल पोखरीको लामाखेत र लेवाडेमा पुनःनिर्माणको काम शुरु गरेको छ । टोलीले ठूलो विर नेपालीको क्षति ग्रस्त भवन हटाएर अस्थायी घर निर्माण गरेको छ । टोलीले तुलसी भण्डारीको क्षतिग्रस्त घरको माथिल्लो तला हटाएको छ । त्यस्तै क्षेत्रीय सचिवालय सदस्य शिव प्रसाद आचार्यको नेतृत्वमा गएको टोलीले लेखनाथ १८, भरतपोखरी चौवादीमा तिलकुमारी लामिछाने र शिव प्रसाद लामिछानेलाई बसोबासको व्यवस्था मिलाएको छ । त्यस्तै क्षेत्रीय कमिटीका सदस्य दिपक लामिछानेको नेतृत्वमा गएको टोेलीले लेखनाथ १७, भरतपोखरी, ठूल्ढुंगामा नारायण पौडेलको घरको भग्नावशेष हटाएर गोठमा उनीहरुलाई बसोबासको व्यवस्था मिलाएको छ । टोलीले भैसी राख्नको लागि अर्को गोठ निर्माण गरेको छ । स्वयंसेवक शिव राज आचार्यले भूकम्पले क्षति पु¥याएपछि पौडेलेको टोली बारीमा बस्दै आएको जानकारी दिए । राष्ट्रिय स्वयंसेवक परिचालन अभियान अन्तगरगत एमाले केन्द्रीय कमिटिको निर्देशन र जिल्ला कमिटी कास्कीको कार्ययोजना अन्तर्गत खटिएको टोलीलाई सम्वोधन गर्दै केन्द्रिय कमिटिका वैकल्पिक सदस्य मान बहादुर जिसीले कुरा भन्दा काम धेरै गर्न सबैलाई आग्रह गरे । जनताको घरघरमा बाँडिएर काम गर्न सके राम्रो हुने उल्लेख गर्दै जिसीले एकल महिला, असहाय र जेष्ठ नागरिकको क्षति ग्रस्त घर बनाउन आग्रह गरे । जिल्ला कमिटी कास्कीका अध्यक्ष कृष्ण थापाले एमाले पार्टी जनताको सुखदःुखको साथी भएको उल्लेख गर्दै टोलीले पार्टीको अवस्था र संगठन सुदृढि अभियानलाई जोड्न आग्रह गरे । यसैगरी गत वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पमा परेको कास्की क्षेन न.ं ३ मा सहयोग गरेको छ । प्रभावित जिल्लाहरुमा राष्ट्रियरुपबाट आफ्नो श्रम शिविर सञ्चालन गर्ने नीति अनुरुप मंगलबार प्रभावितहरुको उपचारकालागि स्वयंसेवक समिति गठनगरी परिचालन गरेको नेकपा एमालेले जनाएको छ । ५ वटा टोली गठनगरी असारको १, २ र ३ गतेसम्म आफ्नो निर्वाचन क्षेत्र भित्रका जोखिमपूर्ण अवस्थाका घरहरुलाई भत्काउने र अस्थायी वासोवासको व्यवस्था मिलाउने कार्य गरेको टोलीका संयोजक धनबहादुर नेपालीले जानकारी दिएका छन् । निर्वाचन क्षेत्र ३ अन्तर्गत कृष्तिको दोपहरे, निर्मलपोखरीका लेवाट, लेनपा वडा नं. १८ को चौवादी, वडा नं १६का पूर्णेटार, १७ को ठूल्ढुङ्गाका आशिंकरुपमा भत्केका घरहरुलाई सुरक्षित भत्काउने काम गर्ने भएका छन् । टोलीमा नगेन्द्र गुरुङ, ऋषि गौतम, शिव प्रसाद आचार्य, दिपक लामिछाने रहेका छन् । टोलीलाई नेकपा एमालेका नेता मानबहादुर जिसी र जिल्ला अध्यक्ष कृष्ण थापाले जनताको चाहना अनुरुप कार्य गर्न सुझाव दिएका थिए ।
Post a Comment