0
गणेश नेवाः खलः लेखनाथ १२ को आयोजनामा मंगलवारदेखि योग शिविर शुरु भएको छ । पतञ्जली योग समिति कास्कीको सहयोगमा सो शिविर सञ्चालन गरिएको हो । सो शिविरमा ५५ जनाको सहभागिता रहेको छ । शिविर प्रत्येक दिन विहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने गणेश नेवा खलका अध्यक्ष प्रेम लिगलले जानकारी दिएका छन् । कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीले योगले मानिसलाई स्वस्थ्य बनाउने बताए । उनले शरीरलाई फूर्तिलो बनाउन योग अभ्यास फलदायी हुने धारणा राखे ।

Post a Comment

 
Top