गोल्डेन न्यूज संवाददाता
नेपाल तरुण दल कास्कीले रिभान गाँउ विकास समितिमा पूनर्निर्माण गरेका ३ वटा घरहरु मंगलवार स्थानीयलाई हस्तान्तरण गरेको छ । गएको वैशाख १२ गते आएको महाभूकम्प र त्यसपछिको परकम्पनले भत्किएका मध्ये ३ जना नागरिकको घर नेपाल तरुण दल कास्कीले पूनर्निर्माण गरेको हो । करिव २ लाख रुपैयाँ नगद र जनश्रमदानमा स्थानीय छलि विक, मदन गिरी र चन्द्रमान सुनारको घर पूननिर्माण गरिएको नेपाल तरुण दल कास्कीका सचिव शंकर ढुङ्गानाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । तरुण दल पोखरा उपमहानगर पालिका अध्यक्ष महेन्द्र पुनको नेतृत्वको तरुण युवाहरुको टोली करिव २ साता रिभानमा नै श्रमदान गरी घर वनाईएको थियो । रिभान गाविस वडा नं ४ आनन्दठाँटीमा मंगलवार नेपाल तरुण दल कास्कीले औपचारिक कार्यक्रम गरी पूनर्निर्माण गरिएका घर भूकम्पपीडितलाई हस्तारन्तरण गरेको हो । नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा र नेपाली कांग्रेस कास्कीका सभापति एवं सभासद यज्ञवहादुर थापाले पूनर्निर्माण गरेका घरमा स्थानीयवासीलाई स्वागत गरी हस्तान्तरण गरेको सचिव शंकर ढुङ्गानाले जानकारी दिए । नेता शर्माले जनता दुःखमा रहेको वेला कांग्रेस सदैव नागरिकसंगै रहने बताए । उनले पूनर्निर्माणमा नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ता खट्नुपर्ने पनि बताए । सभापति यज्ञबहादुर थापाले तरुण दल कास्कीले गरेको पूनर्निर्माणको कार्य सहनीय रहेको प्रंशसा गरे । युवाहरु पूनर्निर्माणका संवाहक पनि भएको भन्दै सभापति थापाले जनताको दु?खमा मलम लगाउने कार्यमा युवाहरु अझै सक्रिय भएर लाग्न सुझाव पनि दिए । नेपाल तरुण दल कास्कीको पहलमा कास्कीका अन्य गाउ ँविकास समितिहरुमा पनि भूकम्पवाट भत्किएका घरहरु पूनर्निर्माण कार्य भईरहेको अध्यक्ष मनोज गुरुङले जानकारी दिए । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत कास्की वाहेक गोरखा, लमजुङ, सिन्दुपाल्चोक लगायतका जिल्लाहरुमा राहत वितरण र पूनर्निर्माणको कार्यक्रम संचालन गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिए । नेपाल तरुण दल कास्कीका कार्यवाहक अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्ले, नेपाली कांग्रेस कास्कीका सचिव कृष्ण केसी र युवराज कुँवर, क्षेत्रीय सभापति आईवहादुर गुरुङ, महासमिति सदस्य पोषनाथ शर्मा, गुरु वराल, महाअधिवेशन प्रतिनिधि रामजी अधिकारी, नेपाली कांग्रेस कास्कीका सहसचिव मुकुन्द वाँस्तोला ज्वाला, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, तरुण दलका पूर्व केन्द्रीय सदस्य भरतजंग कुवँर, नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्यहरु हरि आचार्य, कमलनाथ कुँवर, कांग्रेस माछापुच्छ«ेका सभापति भीमबहादुर गुरुङ, तरुण दलका जिल्ला सदस्य आशवहादुर गुरुङ, महिला संघका सचिव कमला वराल, प्रेम परियार, मिलनप्रसाद तिवारी, विद्यार्थी नेता मेख तामाङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Post a Comment