0
गोल्डेन न्यूज संवाददाता
शिवचोकमा रहेको नवदीप बोर्डिङ स्कुलमा निमाविस्तरीय वक्तृत्वकला तथा प्रावि र मावि स्तरीय अंग्रेजी निबन्ध लेखन प्रतियोगिता अन्तरसदनात्मक रुपमा  सम्पन्न भएको छ  । निमावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा  निलो सदन कक्षा ७ का सुजन भट्टराई प्रथम, रातो सदन कक्षा ८ का सुवर्ण भट्टराई द्वितीय र पहेँलो सदनबाट कक्षा ७ की स्वस्तिका खत्रीले तृतीय स्थान प्राप्त गर्न सफल भए । वक्तृत्वकलाको विषय प्राकृतिक विपत्तिमा अप्नाउनुपर्ने सावधानी रहेको थियो । कार्यक्रममा वक्तृत्वकलाको नियमको बारेमा विद्यालयका नेपाली विभागीय प्रमुख तथा सहक्रियाकलाप संयोजक अमृत घिमिरेले प्रकाश पारेका थिए । निर्णायकको भूमिकामा कौशल्या गुरुङ, लक्ष्मण शर्मा र अमृत घिमिरे रहेका थिए । विद्यालयकी छात्र मोनिका विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन छात्रा स्नेह गुरुङले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि विद्यालयकी प्रधानाध्यापक कैशल्या गुरुङले वक्तृत्वकलाले विद्यार्थीमा बोल्ने बानीको विकास हुने बताइन् । उनले विद्यार्थीको प्रतिभा प्रस्फूटन गराउन शैक्षिक कार्यक्रम सँगसँगै सहक्रियाकलापहरुलाई निरन्तरता दिने बताइन् ।  विद्यालयमा भएको प्राविस्तरीय अन्तरसदनात्मक  अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा कक्षा ५ का सुवास केसी  पहेँलो सदन प्रथम, कक्षा ५ कै जीवन भुषाल रातो सदन द्वितीय र कक्षा ३ का आयोग बराल रातो सदन तृतीय हुन सफल भए । निबन्धको विषय मेरो विद्यालय रहेको थियो ।  त्यसैगरी माध्यमिक तह स्तरीय अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा कक्षा १० बाट रातो सदनका सुशान्त भट्टराई  प्रथम, कक्षा १० कै हरियो सदनबाट सुरेश गुरुङ द्वितीय र रातो कक्षा ९ का धनबहादुृर थापा रातो सदनबाट तृतीय हुन सफल भए । निबन्धको विषय  गुड म्यानरर्स रहेको थियो ।

Post a Comment

 
Top