गोल्डेन न्यूज संवाददाता
विश्व वातावरण दिवसको अवसरमा पोखराको रामवजार स्थित लेखनाथ विभूति सेकेण्डरी वोर्डिङ स्कुलमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । रामवजारका विभिन्न क्षेत्रका साथै धार्मिक स्थलहरुमा सरसफाई, विद्यालय परिसरमा वृक्षारोपण र सचेतनामुलक कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयबाट शुरु भएको सचेतनामुलक ¥यालीले रामवजारका विभिन्न क्षेत्रहरुमा सरसफाई समेत गरेको थियो । विद्यार्थीहरुले सो अवसरमा राममन्दिर लगायतका धार्मिकस्थल र सार्वजनिक स्थानहरुको सरसफाई गरिएको प्रिन्सिपल राजेश कुमार यादवले बताए । एउटै पृथ्वी ७ अर्वका सपना, दिगो उपयोग, हाम्रो चाहना भन्ने नाराका साथै विश्व भर ४३ औं वातावरण दिवस मनाइएको हो । ¥यालीपछि विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले वातावरण विनाशबाट पर्ने असर र बच्ने उपायवारे आफ्ना रचनाहरु गीत, कविता र नाटक मार्फत प्रस्तुत गरेका थिए । विद्यार्थीहरु पूजा राई, मोनिका गुरुङ, प्रसिद्ध खड्का र मन्दिप केसीले संयुक्त रुपमा सञ्चालित कार्यक्रममा शिक्षक रोहिणी ढकालले वातावरण दिवसको महत्ववारे प्रकाश पारेका थिए । विद्यालयकी निर्देशक सुशिला के.सी. अधिकारीले हामी रहने पृथ्वी सबै साझा भएको बताउँदै प्रत्येक व्यक्तिले यसको संरक्षणमा चासो देखाउनुपर्नेमा जोड दिए ।
Post a Comment