पुल्चोक आमा समूह लेखनाथ १ पट्नेरीको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले गंगा मल्लको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समूहको मंगलबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा राजुकुमारी गुरुङ्ग, सचिवमा गीता सुनार, सहसचिवमा दिपिका सुनार र कोषाध्यक्षमा देवी सुनारलाई चयन गरेको छ ।यसैगरी सदस्यहरुमा सीता शाही, विभा सुनार, कौशिला सुनार र मन्दिरा आचार्य रहेका छन् । समूहले सल्लाहकारमा तुलसा आचार्य र ओम कुमारी थापालाई मनोनित गरिएको अध्यक्ष मल्लले जानकारी दिईन । यस अघि साधारणसभाको उद्घाटन लेखनाथ नगरपालिका सामुदायिक विकास शाखा प्रमुख मिना भण्डारीले गरेकी थिईन । समूहका अध्यक्ष तुलसा आचार्यको अध्यक्षमा भएको कार्यक्रममा पुल्चोक टोल सुधार समितिका अध्यक्ष झपिन्द्रराज आचार्य, पशुपति शान्ति आश्रमका अध्यक्ष पिताम्बर पौडेल, पशुपति टोल विकास संस्थाका अध्यक्ष प्रेमवहादुर थापा, स्वयंसेविका सुकमाया सुनार, नमूना टोल विकास संस्थाका अध्यक्ष चिजकुमारी सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment