0
वेदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र कास्कीले पोखरा वडा नं २१ काहँुमा शनिबार जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई सिप सिकेर जान सुझाव दिने उद्देश्यले यो कार्यक्रको आयोजना गरिएको हो । सकरभर नेपालमा नै केही गर्नुपर्दछ भन्ने हाम्रो कार्यक्रमको उद्देश्य हो वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास (सामी) परियोजना कास्कीका रिर्टनि स्वयसेवक दामोदर आचार्यले भने–यदि विदेश जाने हो भने सिप सिकेर जानुहोस् । कार्यक्रममा आचार्यले बैदेशिक रोजगारमा जानुपूर्व गर्नुेपर्ने प्रक्रिया, गईसके पश्चात अपनाउनुपर्ने सावधानीहरुको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा सचेतना केन्द्रका ३० जनाको सहभागिता रहेको थियो । सहभागिहरुले कार्यक्रम फलदायी रहेको बताएका थिए । विदेश जान चाहानेहरुका लागि यो कार्यक्रम फलदायी भएको छ कार्यक्रममा सहभागिहरुले भने–यो कार्यक्रमम विदेश जानेहरुलाई कोषेढुङ्गा सावित हुने छ । सचेतना केन्द्र काहँुकी संयोजक कल्पना बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक परिचालका काहुकी इन्दिरा आचार्यले गरेकी थिईन् ।

Post a Comment

 
Top