जिल्ला विकास समिति कास्की अन्तर्गत संचालित स्थानीय शासन सामुदायिक विकास कार्यक्रम अन्तर्गत कास्कीमा कार्यरत गाविस सचिवका लागि सूचनाको हक विषयक तालिम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले सूचनाको हक जनताको मौलिक अधिकार भएको भन्दा सार्वजनिक सरकारी निकायलाई जवाफदेही तुल्याउन तथा जनताको जनचेतनामार्फत सशक्तिकरण गर्नमा यो हकको कार्यान्वयनले महत्वपूर्ण भूमिका खेल्ने बताए । सो अवसरमा स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले सूचनाको हक कार्यान्वयन गर्दै नेपालको संविधानमा व्यवस्था भएअनुरुप उक्त हकको सहज उपयोगको वातावरण सिर्जना गर्न सरकारी निकायहरु सूचनामैत्री हुनुपर्ने बताए । कास्कीका ३२ गाविसका सचिवहरु र कास्कीका सेवाप्रदायक संस्थाका प्रतिनिधि सम्मिलित सो तालिमको सहजीकरण पत्रकार रामजी लम्साल, जिविसका योजना अधिकृत कीर्तनराज पौडेल, लेखा अधिकृत जयराम पौडेलले गरेका थिए । सोही तालिम मंगलबार गाविस सहायकहरुको लागि आयोजना हुने जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment