राष्ट्रिय समाचार समिति(रासस) सञ्चालक समिति सदस्यमा गोल्डेनन्यूज राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा सुनौलो पव्लिकेशन प्रालिका अध्यक्ष गङ्गाधर पराजुली नियुक्त भएका छन् । रासस ऐन, २०१९ को दफा ८ (१) (घ) बमोजिम पत्रकार पराजुलीलाई यही जेठ १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार दुई वर्षका लागि पराजुलीलाई नियुक्त गरिएको हो । विक्रम सम्वत् २०४८ देखि पत्रकारिता गरेका पराजुलीले गोरखापत्र दैनिक, द राइजिङ नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, नेपाल समाचार पत्रलगायत सञ्चार माध्यममा काम गरिसकेका छन् । उनले पोखराबाट प्रकाशित जनमत दैनिक, पोखरा उद्योग वाणिज्य संघको मुखपत्र व्यापार पत्रिका लगायतमा सम्पादन गरेका थिए । नवनियुक्त सञ्चालक समिति सदस्य पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट वणिज्य शास्त्रमा स्नातक उत्तीर्ण गरेपछि समाज शास्त्रमा स्नातकोत्तरको अध्ययन गरेका छन् । सुनौलो एफ.एम. १०२.२ मेर्घाहर्ज पोखराका कार्यकारी निर्देशक समेत रहेका पराजुली नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति हुन् । यसअघि रासस सञ्चालक समिति सदस्य सन्तोष न्यौपानेले सो पदबाट दिएको राजीनामा मन्त्रालयले बुधवार नै स्वीकृत गरेको थियो ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
राजनीति
» राससको सञ्चालक समिति सदस्यमा पराजुली
Subscribe to:
Post Comments (Atom)
Post a Comment