0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. १८ का राजनीतिक दलहरुको सयन्त्रले आयोजना गरेको विशेष भेला शनिवार सम्पन्न भएको छ । वडामा सक्रिय रहेका पार्टीहरुको सहमतिमा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपाएमाले र ए माओवादीले ४÷४ महिना संयोजकको भूमिका निर्वाह गर्ने गरी वडा हुने विकास लगायतका कार्यक्रमहरुको अनुगमन तथा नियन्त्रण लगायतका कार्य गर्ने गरी गठित समितिले शनिवार भेला  आयोजना गरेको हो ।पहिलो ४ महिनाका लागि नेपाली काँग्रेसका १८ इकाई सभापति बोधबहादुर कार्की संयोजक रहेको र कार्कीकै अध्यक्षतामा शनिवार कार्यक्रम भएको थियो । सो सयन्त्रमा राप्रपा नेपाल, राप्रपा, जनमोर्चा रहेका छन् । सर्वपक्षीय सर्वदलीय कार्यक्रमले वडा हुने कार्यक्रमहरु ठीक समयमा सञ्चालन गर्ने, समयको ख्याल गर्ने, वडाको माथिल्लो सिमाना काजीपोखरी सुरु देखि खाल्टेमसिनासम्म सरसफाइमा विशेष ध्यान दिई हरियाली वडा निर्माण गर्ने र वडाको विकासमा सबैको सक्रिय सहभागिता रहने निर्णय समेत गरेको संयन्त्रका संयोजक एवं नेपाली काँग्रेस इकाई सभापति बोधबहादुर कार्कीले बताए । कार्यक्रममा संयोजक कार्कीले वडाको विकासमा आफू दत्तचित्त भएर लाग्ने र आफ्नो वडालाई पोखरा उपहानगर पालिकाको नमूना वडाको रुपमा विकास गर्न चाहेको बताए । एमालेका अध्यक्ष माओ थापाले वडाको विकासमा हातमा हात मिलाउन आफू तयार रहेको बताए । ऐ माओवादीका अध्यक्ष खड्क वि.क.ले यस वडालाई हाम्रो र राम्रो वडा बनाउन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा कालिका बहुमुखी क्याम्पसका प्रमुख बालकृष्ण शर्मा, टोलस्तरीय समन्वय समितिका अध्यक्ष तोरण खड्का, टोलस्तरीय समन्वय समितिका संरक्षक ललित बानियाँ, बोरिङ खानेपानीका अध्यक्ष शिवराज पोखरेल, मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी., नगरपालिकाका प्रतिनिधि रेशम जि.सी., काजीपोखरी टोल विकासका अध्यक्ष क्या. लालकाजी गुरुङ, भगवत आमा समूहकी अध्यक्ष डिलशोभा गुरुङ, राधाकृष्णटोलका अशोक के.सी., शुक्रराज उच्च माविका सहायक प्र.अ. नारायणप्रसाद भण्डारी, दुर्गाभवती टोलका विष्णु कार्की, हवेलीटोल विकासका राजेन्द्र भण्डारी काजीपोखरी युवा क्लबका अध्यक्ष जितेन्द्रजंग थापा, मसिना टोल विकासका अध्यक्ष रामचन्द्र सुवेदी, देउरालीटोलका अध्यक्ष नारायण पोखरेल, पुष्पा भण्डारी, मनकामना मन्दिरका अध्यक्ष बासुदेव बानिया, खाल्टे आमा समूहकी अध्यक्ष सिता गुरुङ, राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष होमबहादुर जि.सी., अधिवक्ता बोधराज बराल लगायतले वडाको समग्र विकास, कार्यक्रम र सरसफाइको विकासमा बोलेका थिए । कार्यक्रममा वडाको संयन्त्र सहित रहने गरी अनुगमन समिति बनाउने निर्णय गरेको छ । सो समितिमा टोल विकास समन्वय समितिका अध्यक्ष तोरण खड्का, महिला समन्वय समितिका अध्यक्ष इन्द्रामाया बानियाँ, समन्वय समितिका संरक्षक ललितबानियाँ, नगरपालिकाका प्रतिनिधि रेशम जि.सी., मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी.,  काजीपोखरी युवा क्लबका अध्यक्ष जितेन्द्रजंग थापा, बोरिङका अध्यक्ष शिवराज पोखरेल रहने गरी विस्तार गरेको समेत संयन्त्रका संयोजक बोधराज कार्कीले बताए ।

Post a Comment

 
Top