सिद्धार्थ क्लब पोखराले गरिब तथा जेहन्दार विद्यार्थीहरु शिक्षाको उज्यालो ज्योतीबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ शुक्रबार पोखराका १४ जना बाल बालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरियो । विभिन्न जिल्लाबाट भूकम्पका कारण बिस्थापित भएका पोखरा वडा नं. १७ छोरेपाटन, वडा नंं. २४ कृस्ती र वडा नं. २६ सराङ्गकोटका बालबालिकाहरुलाई क्लबका अध्यक्ष दिपेन्द्र मर्सानी, उपाध्यक्ष अनिल श्रेष्ठ, कोषाध्यक्ष ओमनाथ अधिकारी, सहसचिव तीर्थ श्रेष्ठ परियोजना संयोजक दुर्गाप्रसाद खनाल लगायतले सो सामग्री बिद्यालयमा नै पुगेर हस्तान्तरण गर्नु भएको थियो । यसै गरी क्लबले पोखरा २४ कृस्तीको बालज्योती प्राथमिक बिद्यालय र बयली प्राथमिक बिद्यालयलाई बाल बिकास केन्द्र सञ्चालन सहयोगार्थ कार्पेट तथा खेलकूद सामग्री हस्तान्तरण गरेको छ । क्लबले पोखरा क्षेत्रमा यस शैक्षिक सत्रमा अन्य ४६ जना बालबालिकाहरुलाई पनि उक्त प्रकारको शैक्षिक सामग्री, बिद्यालय पोशाक लगायत बितरण गरिसकेको क्लबका बाल शैक्षिक कार्यक्रम संयोजक तीर्थ श्रेष्ठले बताए
Subscribe to:
Post Comments (Atom)
Post a Comment