0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सुरु भएको कसमस कप अन्तरविद्यालय ह्याण्डवल प्रतियोगिताकोे छात्रा तर्फको उपाधि माउन्ट अन्नपूर्ण र छात्रको उपाधि लिटिल स्टेप उच्च माविले प्राप्त गरेका छन । सोमवार सम्पन्न फाइनल खेलमा माउन्ट अन्नपूर्णले छात्रा तर्फको उपाधि प्राप्त गर्न लिटिल स्टेप उच्च माविलाई १२–२ को गोल अन्तरले पाखा लगायो । माउन्ट अन्नपूर्णले नगद १० हजार सहित कसमस कप उचाल्यो भने लिटिल स्टेपले नगद ५ हजार प्राप्त गर्यो । उपाधि प्राप्त गर्न माउन्ट अन्नपूर्णका एलिना पुन एक्लैले खेलमा ११ गोल गरिन । उनले प्रतियोगिताको सर्वाधिक गोल कत्र्ता वन्दै वेष्ट स्कोररको उपाधि सङ्गै नगद एक हजार पाइन । छात्रा तर्फ सृजना उच्च माविले तेश्रो स्थान हासिल  गर्यो । सृजनाले मनकामना वोर्डिङ्गलाई २–१ गोलले पराजित गर्यो । सृजनाले नगद ३ हजार पायो । यसै गरि छात्र तर्फको उपाधि भिडन्तमा लिटिल स्टेपले शैनिक आवाशिय महाविद्यालयलाई २८–९ को गोल अन्तरले  पाखा लगाउँदै कसमस कपका साथै नगद १० हजार प्राप्त गर्यो । टीमलाई जिताउन लिटिल स्टेपका सुजन भुजेलले १२ गोल गरेका थिए । सैनिक आवाशिय उपविजेता बन्दै नगद पाँच हजार पायो भने माउन्ट अन्नपुर्ण तेश्रो स्थानमा चित्त बुझाउँदै नगद तिन हजार प्राप्त गर्यो । तेश्रो स्थानका लागि माउन्ट अन्नपूर्णले कास्की मोर्डनाइज्डलाई १६–११ गोलले हरायो । माउन्ट अन्नपुर्णका छात्र महेन्द्र पुन प्रतियोगिताको सर्वाधिक गोल कत्र्ता वेष्ट स्कोररको उपाधि संगै नगद एक हजार पाए । उनले प्रतियोगिता भरि २८ गोल गरेका थिए । वेष्ट प्लेयर छात्र तर्फकोे उपाधि माउन्ट अन्नपुर्णकी एलिना पुन र छात्र तर्फ लिटिल स्टेपका रोहित गुरुङ्ग घोषित भए । उनीहरुले नगद एक एक हजार सहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा छात्रा तर्फ गण्डकी वोर्डीङ्ग स्कुल र छात्र तर्फ सोसल पव्लिक स्कुलले फेयर प्ले टीमको पुरुस्कार पाएका छन । दुवै विद्यालयले नगद एक हजार सहित फेयर प्ले ट्रफी प्राप्त गरे । विजयी विद्यालय टीम र खेलाडीहरुलाई शसस्त्र प्रहरी वल मुक्तिनाथका वाहिनीपति डिआइजी जानकीराज भट्टराई, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग, जिल्ला ह्याण्डवल संघका अध्यक्ष शेर बहादुर गुरुङ्ग, प्रतियोगिताका संयोजक मिन गुरुङ्ग, कसमस कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

Post a Comment

 
Top