गोल्डेन न्यूज संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, कास्कीले पोखरामा भएका मापदण्ड बिपरीतका संरचना भत्काउन र सरकारले तोकेको मापदण्ड अक्षरस लागु गर्न माग गरेको छ । पोखरामा पत्रकार सम्मेलन गरि माओवादीले राज्यका महत्वपूर्ण निकायमा रहेको ब्याक्तिहरु बाट नै मापदण्ड मिच्ने काम भएकाले तत्काल त्यस्ता कृयाकलाप बन्द गरि जनतालाई सुशासन र कानुनी राज्यका अनुभुति गराउन माओबादीले माग गरेको छ । पत्रकार सम्मेलन गरि माओबादीले स्थानीय प्रसासन, नगरपालिका तथा नगरबिकास समितिलाई २१ बुदेँ ज्ञापनपत्र पेश गरेको छ । माओबादीले बुझाएको ज्ञापनपत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा माओबादी तमुवान सेक्रेटरी साबित्री दुराले कार्यान्वयन नभए आफुहरुले नै कदम चाल्ने उल्ेख गरिन । माओवादीले नगरपालिकाले आफैले मापदण्ड मिचेको, पोखरामा रहेका खुडे पोखरी,फेवाताल, लेखनाथमा रहेका विभिन्न तालतलैया,कमलपोखरी जस्ता सार्बजनिक सम्पतीको नष्ट तथा अतिक्रमण गर्ने कार्य तत्काल रोक्न माग गरेको छ । यस अघि भ्रष्टाचारी घोषणा भएका बिष्णु बास्तोलालाई पनि आबस्यक कार्वाही गरिने माओबादीले जनाएको छ । राज्यले आफैले बनाएको कानुन कार्यान्वयन गर्न नसकेर निरियता देखाए, आफूहरु आफै अगाडि बढ्ने दूराले सो अवसरमा बताईन । फेवातालको ६५ मिटर मापदण्ड, ३५ फिट भन्दा अग्ला घरहरु भत्काउन पर्ने उल्लेख छ । सरकारी जग्गा बिभिन्न संघ सस्थाको नाममा हड्पने वा निजीकरण गर्ने प्रबृक्तिको अन्त्य गर्न पनि माग गरिएको छ । पोखरा १४ मझेरीपाटनमा रहेको सरकारी जग्गामा कार्टर सेन्टरले घर बनाउन लागेको भन्दै माओबादीले बिरोध गरेको छ । यदि जनतालाई बितरण गर्ने घर नै बनाउने हो भने कार्टर जस्तो सस्थाले निजि जमिन खरिद गर्न सक्ने हैसियत भएको माओवादीकोे ठहर छ । पोखरा बसपार्क र्निमाणको लागि २०५ रोपनी क्षेत्रफल कायम गरि र्निमाण कार्य अगाडि बढाउन सकिने माओवादीले जनाएको छ । तर आफ्नो अनुकुलतामा ८० रोपनी भित्र लगेर बाँकी जमिन हड्पन नपाईने भन्दै पार्टी चेतावनी दिएको छ । वर्तमान सन्र्दर्भमा भुकम्पको क्षतिको एकिन विवरण संकलन गरि तत्काल राहात तथा पुनःस्थापनाको काम थाल्न सरकारलाई माओबादीले अनुरोध पनि गरेको छ । कास्की जिल्ला भित्र रहेका गुठी, सस्थान वा अन्य निकायको नाममा रहेका जग्गाको उचित संरक्षण तथा सस्थानका जग्गा थोरै रकममा भाँडामा लिएर असिमित रहम असुल्ने तर कर तथा राज्यको दायरामा नआउनेहरुलाई कार्वाही तथा त्यस्ता जग्गा उनीहरुको नियन्त्रणमा रहन नदिन पनि माग गरिएको छ । आफ्ना मागहरु प्रति गम्भीर नभए पार्टी अप्रिय कदम चालेर भएपनि राज्यको सम्पत्ति तथा मनपरि तन्त्रको अन्त्य गरिने माओवादीले जनाएको छ ।
Post a Comment