आज असार पन्ध्रको दिन धान रोपाइंँ गरी दही र चिउरा खाएर यो कृषि पर्व मनाइंदै छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । असार १५ का दिन एक फेर हिलो कुच्नु भन्ने मान्यता छ । यस दिन रोपाइंलाई पर्वको रुपमा मनाइने हुंदा खेतको हिलामा पसेर असारे गीत गाउंदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउंदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् । यसरी हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ कुण्ठा हट्छन् भने अर्कोतिर चर्मरोग पनि निको हुने जनविश्वास रहेको छ । रोपाइं गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ । यसले नेपाली समाजमा पूर्वीय परिकारको रुप लिएकाले असारमा दही चिउरा साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हँुंदा हिउंदको शुरुवात भयो भन्ने गरिन्छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरेकाले आज धानरोपाइं र धानसंरक्षण सम्बन्धी कार्यक्रम गरी यो दिवस मनाइंदै छ । विभिन्न दलका कृषिसंग सम्बन्धित भ्रातृसंगठनले रोपाइं पर्व मनाउने गर्छन् ।असार महिना नेपाली किसानका लागि मानो रोपेर मुरी उत्पादन गर्ने समय हो । अहिले किसानलाई खेती लगाउनका लागि चटारो परेको छ । किसान खेतीपातीमा तल्लिन भएपनि पर्याप्त मलजलको अभावका कारण चिन्तित भएका छन् । यस वर्ष समयमै मनसुन आगमन नभएकाले पर्याप्त वर्षात् हुन नसक्दा किसानहरु थप मर्कामा परेका हुन् । अहिले किसान कहिले वर्षा होला भनी आकाश हेर्न विवश छन् । यो समस्या ६७ प्रतिशत कृषि पेशामा निर्भर किसानहरुको लागि कुनै नौलो भने होइन । पर्याप्त सिचाइँको प्रबन्ध नहुँदा यस वर्ष पनि आकाशे पानीको भरमा खेती लगाउन बाध्य किसान खडेरीले गर्दा धानको विउ व्याडमै सुकेर जाने पो हो कि भनी चिन्तित हुन पुगेका छन् । देशमा राजनीतिक परिवर्तन भएपनि कृषि क्षेत्रमा खासै परिवर्तन हुन सकेन । कृषकका हकहितका निम्ति कुनैपनि सरकारले उचित ध्यान दिएनन् । जसका कारण किसानहरुले समस्यामाथि समस्या झेल्नुपरेको हो । आजका दिनलाई नेपाली किसानहरुले महान् पर्वको रुपमा लिन्छन् । किसानहरुले खेतमा सामूहिक रोपाइँ कार्यक्रम गर्ने हिलो खेल्ने र दही चिउरा खाई हर्षोल्लासपूर्वक धान रोप्ने परम्परा कायमै छ । तर समयमै मनसुन हुन नसक्दा रोपाईसँगै हिलोसम्म खेल्न नपाउने स्थिति पैदा भएको छ । जलस्रोतको दोस्रो धनीको नाउँले चिनिने नेपालका किसान पानीको अभावका कारण असार १५ का दिन खेतमा हिलोसम्म खेल्न नपाउने विडम्बनाको अन्त्य कहिले होला नेपाल कृषिप्रधान देश भएको हुँदा धेरै जनता कृषिमै निर्भर रहेको पाईन्छ तर सरकारले कृषि क्षेत्रको विकासको लागि आवश्यक बजेट नछुट्याई साना तथा ठूला सिचाइँ आयोजना सम्पन्न गर्न नसक्नुले यस्ता समस्या झेल्नुपरेको हो । यो नेपाली किसानहरुको लागि विडम्बना हो । कृषिको व्यवसायीकरण गर्दै युवा आकर्षण गर्न वैज्ञानिक खेती प्रणाली लागु गर्न कृषिबाट उत्पादित खाद्यान्नको बजार व्यवस्थापन गर्न कृषि अनुदान सर्वसुलभ मलविउ औजारको व्यवस्था र ठूला तथा साना सिचाइँ परियोजना साचालन गर्न आगामी दिनमा सरकारले उचित ध्यान पु¥याइनुपर्दछ । तबमात्र कृषि क्षेत्रको विकास सम्भव छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment