पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड एलाइण्ड साईन्समा पब्लिक हेल्थ अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्था एप्सले विविध कार्यक्रम गरी एप्स डे मनाएको छ । पुरानो समितीलाई विधाई गर्दै नयाँ समितीलाई स्वागत गर्ने कार्यक्रम अन्र्तगत केक काटेर मनाईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा विष्णुराज तिवारीले अब छिट्टै सवै विषयमा मास्टर कार्यक्रम गर्ने प्रतिवद्धता जनाए । उनले समाजमा परिर्वतनका लागि र विकासको खाका बनाउने विषय भनेको पब्लिक हेल्थ रहेको समेत बताए । सोही कार्यक्रममा पब्लिक हेल्थका निमित्त डाईरेक्टर सुदर्शन सुवेदी, प्रोफेसर दीपेन्द्र कुमार यादव, संस्थाकी सल्लाहकार रजनी केसी लगायतले संस्थाको प्रगतिको कामना गर्नुका साथै सुझाव समेत व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी आभाष पुरीले गर्नुका साथै कार्यक्रमको सञ्चालन सचिव शेखर पोखरेलले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नारायण सपकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment