घुमफिर शब्दको वयान सजिलै गरेता पनि यसको अर्थ विदेशी मुलुकमा ठूलो रहन्छ । घुमफिर मनोरञ्जनको एउटा पाटो हो भने अर्को अर्थमा अध्ययन तथा अवलोकन जसको सोझो सम्वन्ध प्रकृति, संस्कृति र सम्पदा अनि वातावरण । सिधा अर्थमा पर्यटन हो । बाहिरी मुलुकमा शिक्षालाई मात्र प्राथमिकता दिइँदैन । जीवनको बारेमा कत्तिको बुझाई र अनुभव छ ? भन्ने व्यवहारिक शिक्षा पनि प्राथमिकता पर्दछ । त्यसैले विदेशी मूलका मानिसहरु जीवन बुझ्न जान्न बढि मात्रा शयर गर्न विकट तथा प्राकृतिक सौन्दर्यको स्थानलाई रोज्ने गर्दछन् । अहिले नेपालमा पनि यस्तै लहड चल्दै आन्तरिक पर्यटनमा टेवा पुग्दै आएको छ । पर्यटन भन्ने बित्तिकै सुन्दर, शान्त र हराभरा पर्यटकीय नगरी पोखरा छुट्टिने कुरै भएन । जहाँ फेरि अर्को नयाँ पर्यटकीय गन्तब्य कालावाङ्ग घरेडी होम स्टे थपिएको छ । हामी साइकल सिटी पोखराका साइकल यात्रीहरुले सिद्धार्थ राजमार्गको ठूलीबिंडी तिलाहारबाट (१ घण्टाको पैदल यात्रा, १५ मिनेटको मोटर साइकल यात्रा तथा १÷२ घण्टाको साइकल यात्रा) ढुङ्गाको सोलिङ्ग बाटो हुँदै साँझ कालावाङ्ग घरेडी होम–स्टे शुभारम्भ कार्यक्रममा सहभागिता जनाएका थियौं । त्यस कार्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलिया र स्वीस सरकार दक्षिण एशियाका प्रतिनिधि सविरनाथ नायरले पोखराबाट नजिक प्राकृतिक पर्यटकीय कालावाङ्ग घरेडी होम–स्टेका साथै साइक्लिङ्गका लागि उपयुक्त रहेको मन्तव्यले हामीलाई हर्षित तुल्याउनु स्वभाविक थियो नै । कालावाङ्ग घरेडी होम–स्टे यूरोपियन यूनियन र स्वीस सरकारको आर्थिक सहयोग एवं एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशिया फोरम) को ूव्यष्लत ःष्नचबतष्यल बलम म्भखभयिऊभलत क्ष्लष्तष्बतष्खभू ९व्ःम्क्ष्० ज्यकत एचयवभअत नामले १० घरधुरीबाट शुभारम्भ गरिएको एशियन फोरमका अध्यक्ष निरज थापाले जानकारी गराएका थिए । कालावाङ्ग घरेडी हाल पोखरा उप–महानगरपालिकाको २५औं वडा पर्न गएको छ । जहाँ गुरुङ्गका ६७ परिवार, ब्राम्हण २८ परिवार तथा अन्य जातिहरु ६१ परिवार गरी जम्मा १५६ परिवारको बसोबास रहेको छ । होम–स्टे प्रवद्र्धनका लागि राज बहादुर गुरुङ्गको अध्यक्षतामा होम–स्टे व्यवस्थापन समिति गठन गरिएको छ भने निर्मला गुरुङ्गको संयोजकत्वमा होम–स्टे महिला परिचालन समिति गठन गरिएको छ । सो ठाउँको हावापानी, मौसम अनुुकुल भएकोले त्यहाँ अवस्थित भगवती निम्न माध्यमिक विद्यालयको २१ रोपनीको हातामा हेरालो प्रतिष्ठान कास्कीको विशेष सहयोगमा १ हजार दुई सय कफी बिरुवा रोपी अर्गानिक कफी उत्पादन गरी बाह्य मुलुकमा निर्यात गर्ने गरिन्छ । जसको आम्दानी विद्यालयले भोगचलन गर्दै आएको विद्यालय ब्यवस्थापक समितिका अध्यक्ष तथा होम–स्टेका उपाध्यक्ष प्रकाश गुरुङ्गले जानकारी दिए । अहिले अर्गानिक कफी पाहुनालाई स्वागत पेयको रुपमा र कोशेलीको रुपमा दिने चलन चल्ती रहिआएको रहेछ । त्यस साँझ पत्रकार, चित्रकार, विशिष्ट ब्यक्तित्वलाई गुरुङ्ग संस्कृति झल्कने नाँचहरु, भजन तथा गाउँले लोक भाकाका गीतहरुबाट मन्त्रमूग्ध पार्नु स्वभाविक थियो । कार्यक्रममा अवेरसम्म बस्नेलाई होम–स्टेको व्यवस्था समेत गरिएको थियो ।
दोस्रो दिन ः भोलिपल्ट बिहानै हामी सबैजना साइकलयात्रीहरु सूर्योदय हेर्न १ हजार ४०० मि. उचाईमा रहेको नेआलडाँडा तर्फ लाग्यौं (नेआल नेः भन्नाले बिसौना र आहाल भनेको पोखरी यसको अर्थ पोेखरी भएको बिसौना भन्ने बुझिन्छ) । नेआलडाँडा त प्रकृतिको खानी पो रहेछ ! त्यो सूर्यको किरणले टलक्क टल्केका धवलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, लमजुङ्ग, मनास्लु हिमालका हिमश्रृङ्खला ! सुन्दर मनमोहक फेवाताल, पोखरा उपत्यका, वरपरका हरियाली जंगल अनि पञ्चासे, यो भन्दा स्वर्ग कहाँ भेटिनु र ? यहि पोखराको प्राकृतिक सौन्दर्यले मोहित भएर होला विख्यात कवि तथा साहित्यकाहरुले कविता र साहित्य फुराउने गर्दछन् । त्यसैले होला पनि हिजो आज पोखराको चिनारी समेटिएको नयाँ गीत ‘तिम्रो पोखरा, मेरो पोखरा, हाम्रो पोखरा’, छङ्गु पोखरा, जिगु पोखरा, झिंगु पोखरा’ स्थानीय गायककार हीराकाजी श्रेष्ठलाई फुरेको । त्यहाँ इन्द्रधनु परिवारको सक्रियतामा पिकनिक स्थल साहै आकर्षक र व्यवस्थित रहेछ । नेआल डाँडासँगैको डाँडामा पहरे चट्टानको भयँरथान पनि रहेछ । जहाँ श्रावण तथा माघ महिना बाहेक प्रत्येक मंगलवार र शनिवार आ–आफ्नो मनोकामना र भाकल रहेमा पूजा गर्ने चलन रहेछ । भयँरथानमा कालावाङ्ग घरेडीको ठूलो आस्था रहेको छ । त्यसैले बर्षको आश्विनशुक्लपूर्णिमामा कुखुराको भाले बली दिई पूजा गरिन्छ भने हरेक वर्ष चण्डीपूर्णिमामा भेडाको थुमाको वली दिई सामूहिक पूजा गरी भोज गर्ने चलन रहेछ । तर त्यस थानमा महिलाहरुलाई भने प्रवेश निषेध गरिएको चलन रहेछ । पोखरालाई जति आधुनिकताले सिंगारिएपनि कालावाङ्ग घरेडीलाई केही छोएको छैन । यसको आफ्नै गाउँले मौलिकता, संस्कति र प्रकृतिले सुन्दरता छाएको छ । कालावाङ्ग घरेडी अध्ययन, भ्रमण, अवलोकन, शान्त वातावरण, प्रकृतिको न्यानोपन, अनि गाउँले परिवेशको महसूसका लागि प्रचुर सम्भाव्यता भएको पर्यटकीय क्षेत्र हो । कालावाङ्गबाट पञ्चासे जान सकिन्छ भने थुप्रै बाटाहरुमध्ये कालावाङ्गबाट लुकुमस्वारा हुँदै चङ्खपुर पामे, शान्ति स्तुपा हुँदै पोखरा झर्दाको प्राकृतिक दृश्य सा¥है मनमोहक छ । त्यसैले “कालावाङ्ग घुम्न जाआंै, अनि यहाँको प्रकृति र संस्कृतिसँग रमाऔं” थोरै भएपनि आन्तरिक पर्यटनलाई केही टेवा प्रदान गरौं । कालावाङ्ग नजिकबाट परिचय दिंदा, नेपालको सांगीतिक क्षेत्रमा ख्याति कमाएका नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङ्गको जन्म गाउँ भनेर पनि चिनिन्छ । कालावाङ्ग घरेडीमा यदि भ्रमण गर्न चाहनुहुन्छ भने निम्न नम्वरहरुमा सम्पर्क गर्न सक्नुहन्छ ।
राज बहादुर गुरुङ्ग
(अध्यक्ष) ९८४६२६०१०८
प्रकाश गुरुङ्ग
(उपाध्यक्ष) ९८४६०४१८०५
याम बहादुर गुरुङ्ग
(सचिव) ९८०४१६७९३६
(लेखक साईकल सिटी पोखराका उपाध्यक्ष हुनुहुन्छ)
प्रतिक्रियाका लागि ः
cycleand3@gnail.com

Post a Comment