गोल्डेन न्यूज संवाददाता
आध्यात्मिक तथा मानसिक परामर्श अभियान पश्चिमाञ्चल पोखराको आयोजना तथा राधाकृष्ण मन्दिर योग केन्द्र, पतञ्जली योग समितिको व्यवस्थापनमा बिहीबार पोखरामा अभियान सञ्चालन गरिएको छ । भूकम्पका कारण भएको डर त्रासलाई न्युनिकरण गर्दै भत्किएको मनमा शान्ति र आनन्द जगाउने उद्देश्यले सम्पूर्ण आध्यात्मिक धार्मिक संघसंस्था, समाजिक अभियन्ता, पत्रकार, प्रशासन, मनोचिकित्सक संघ, इन्जिनियर भूगोलविद् लगायत एकजुट भई सञ्चालन गरिएको संयुक्त प्याकेज कार्यक्रमका सहभागीहरुले कार्यक्रम फलदायी भएको बताउँदै यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न आध्यात्मिक, धार्मिक संघसंस्था, योग प्रशिक्षक, साधक साधिका तथा अभियानका सदस्यहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै अभियानका संयोजक सहक्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले तनाव, खुसी, दुःख सवै मनको कारण हुने भएकाले मनलाई संयम राख्नाले र कसैसँग वढी अपेक्षा नराख्नाले सधै खुसी र आनन्दित हुन सकिने धारणा व्यक्त गरे ।
Post a Comment