0
कास्की जिल्लाको रुपाकोट गाबिसस्थित चिसापानी गाँउबाट लेखनाथ नगर पालिकामा आई बसोबास गरेका चिसापानी बासीहरुको हालै सम्पन्न एक भेलाले शेरबहादुर गुरुङ्गको अध्यक्षतामा १३ सदस्यिय चिसापानी एकता समाज गठन गरेको छ । जसको उपाध्यक्षमा इन्द्रबहादुर गुरुङ्ग, सचिवमा कृष्णबहादुर गुरुङ्ग, सहसचिवमा मनबहादुर गुरुङ्ग, कोषाध्यक्षमा भक्तराम गुरुङ्ग, सहकोषाध्यक्षमा जुना गुरुङ्ग रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा टेकलाल गुरुङ्ग, बिरबहादुर गुरुङ्ग, शाहबिर गुरुङ्ग, बिरबहादुर गुरुङ्ग, लक्ष्मी गुरुङ्ग, रामनारायण गुरुङ्ग र तारा गुरुङ्ग सदस्यमा चयन भएका छन् । समितिले मनबहादुर गुरुङ्ग, मकनसिह गुरुङ्ग, कुमार गुरुङ्ग र मनिप्रसाद गुरुङ्गलाई समितिको सल्लाहकारमा चयन गरेको जनाएको छ ।

Post a Comment

 
Top