0
गोल्डेन न्यूज संवाददाता
आध्यात्मिक तथा मानसिक परामर्श अभियान पश्चिमाञ्चलको टोली लमजुङमा कार्यक्रम सकाएर पोखरा फर्किएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङको संयोजन तथा लमजुङका स्थानिय धार्मिक, आध्यात्मिक तथा समाजिक संघसंस्थाको सहकार्यमा सम्पन्न योग,ध्यान, संत्सघ र प्रवचन कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । विद्या विकास विद्यालयको प्राङगणमा सम्पन्न कार्यक्रममा प्रशासन, आध्यात्मिक तथा धार्मिक संघसंस्था, विद्यालय, सामाजिक संस्था, पत्रकार, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।  कार्यक्रमका सहभागीहरुले कार्यक्रम भूकम्पको डर हटाउने मात्र नभई जनचेतनामुलक जीवन उपयोगी कार्यक्रम भएको दावी गरे । उनीहरुले सम्पूर्ण आध्यात्मिक तथा धार्मिक संघसंस्था एकैठाँउमा आफ्नो धर्मको प्रचार नगरी समाज रुपान्तरणमा लागेको पहिलो पटक देखेको समेत वताए । कार्यक्रम उत्यन्त उपयोगि भएको भन्दै अर्को पटक समेत लमजुङमा कार्यक्रम संचालन गर्न माग राखेका छन् । साथै यस अभियानलाई निरन्तरता दिन समेत अभियानको टोलीसँग अनुरोध गरे ।  कार्यक्रममा स्थानीय समाजसेवी, प्राध्यापक तथा विभिन्न क्षेत्रका प्रतिनिधि रुपमा तिर्थराज न्यौपाने, हरिप्रसाद अधिकारी, राजु थापा, गणेश प्रसाद न्यौपाने, पशुपतिनाथ न्यौपाने, दिपेन्द्र लामिछाने, डा. दुर्गानाथ ढुङ्गाना, विनोद शाह लगायतले कार्यक्रमको प्रतिकृया राखेका थिए । कार्यक्रममा अभियानका संयोजक सह–क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोला, सदस्य सचिव नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, व्रह्मकुमारी सुधा, युवा पं कमलनयन गौतम, वौद्धमार्गी मिन लामा, युवा चिन्तक माधव पहारी, स्वामी कुमार, योग प्रशिक्षक दिपकराज सिग्देल, इञ्जिनियर राजेन्द्र लिगल लगायतले सकारात्मक सोच, योग, ध्यान, सत्सघ, दुःखको कारण, भूकम्प र संरचना, भूकम्पको डर हटाउने उपाय लगायतका बारेमा आफ्नो प्रस्तुतिहरु राखेका थिए । त्यस्तै सदस्य व्रह्मकुमार शैलेषराज वराल, गोपाल बहादुर थापा, अर्जुन वहादुर केसी लगायतको सहभागिता समेत रहेको थियो । सम्पूर्ण आध्यात्मिक तथा धार्मिक संघसंस्था तथा प्रशासन, पत्रकार, डाक्टर, भूगोलविद्, इञ्जिनियर सवै एकजुट भई भूकम्प प्रभावितहरुको फाटेको मनमा शान्ति र आनन्द जगाउने उदेश्यले संचालन गरिएको संयुक्त प्याकेज कार्यक्रमको यो १६ औं कार्यक्रम हो । यसभन्दा अगाडि गोरखा, नुवाकोट, स्याङ्जा, तनहु, कास्की लगायतका स्थानहरुमा अभियान तथा निःशुल्क स्वास्थ शिविर समेत संचालन भैसकेका छन् । शान्तिपाठ र प्राथनावाट सुरु गरिएको कार्यक्रममा सहभागिहरुले पनि ईश्वर, परमेश्वर र अल्लाहसँग भूकम्पका कारण दिवगंत आत्माको चिरशान्तिको कामना तथा घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामनाको प्राथना गर्दै आगामी दिनमा भूकम्पीय विपत्तिको सामना गर्न नपरोस् भनि कामना गरेका थिए ।

Post a Comment

 
Top