0
गोल्डेन न्यूज संवाददाता
‘परिवर्तनका लागि हामी’ भन्ने मुल नाराका साथ अघि बढिरहेको पोखरा लेडि जेसिजले समसामयिक विषयलाई लक्षित गरी विभिन्न कार्यक्रम साथ ‘जेसिज वीकईण्ड २०१५’ सम्पन्न गरेको छ । ११ गतेदेखि १३ गतेसम्म संचालित कार्यक्रममा  पहिलो दिन ११ गते व्यस्त अभिभावक र स्वतन्त्र छोराछोरी विषयक अन्तत्र्रिmया सम्पन्न गर्यो । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रशासक दिनेश थपलियाले बाबुआमाको व्यस्त दैनिकीले बालबच्चालाई समय दिन नसक्दा मानसिक असर पर्ने भन्दै बाबु आमामध्ये एकले बालबच्चाको गुणात्मक विकासका लागि समय उपलब्ध गराउनुपर्ने बताए । सो कार्यक्रममा अभिभावक संघका अध्यक्ष हेमराज बराल, सौन्दर्यकर्मी चिनु गुरुङ लगायतले आफ्नो मन्तव्य राखेका थिए । सो कार्यक्रमको संयोजक जेसी शकुन्तला कोइराला र जेसी शोभा भुजेलले गरेका थिए । त्यसैगरी दोस्रो दिनको कार्यक्रममा प्राकृतिक प्रकोपले पर्यटनमा चुनौती विषयक अन्तत्र्रिmया गरेको थियो । प्राकृतिक प्रकोपले पर्यटन क्षेत्रमा पारेको  प्रभाव र यसको पुनःजागरण बारेमा सरोकारवाला बीच अन्तत्र्रिmया सम्पन्न गर्यो । यसकार्यक्रमको संयोजक जेसी रेनु थापा र जेसी गायत्री फुँयाल गरेका थिए ।   त्यसै सप्तान्तको अन्तिम दिन बालमन्दिर उच्च मावि नदीपुरमा छात्रवृत्ति वितरण गरेर सम्पन्न भएको थियो । यस कार्यक्रमको संयोजकमा शोभा घर्ति र जेसी विनिता सापकोटाले गरेका थिए ।     युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि काम गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्यक्रमहरु गर्दै आएको वीकईण्ड मूल समारोह समितिका संयोजक प्रमिला सुवेदीले बताए । सो ३ दिनको कार्यक्रमको अध्यक्षता पोखरा लेडि जेसीसका अध्यक्ष जोर्जिना भट्टराइले गरेका थिए ।

Post a Comment

 
Top