गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव इन्टरनेशनल डिष्टिक्ट ३२५ बी १ नेपालको आयोजनामा गण्डकी क्षेत्रका लायन्स क्लवको नेतृत्वलाई प्रशिक्षण दिएको छ । क्लव अफिसर तालिम अन्तर्गत आगामी बर्ष ०१५ ÷०१६ का क्लवका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई क्लव कसरी सञ्चालन गर्ने भावी आफ्ना कार्यक्रम र सामाजिक उत्तर दायित्व बहन गर्न खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण गराइएको लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्क ३२५ बी १ नेपालका गर्भनर ध्रुव बहादुर थापाले बताए । लायन बर्ष ०१५÷०१६ मा गभर्नर थापाले आफ्ना भावी कार्यक्रम र रणनीतिका बारेमा बोल्दै आगामी दिनहरुमा “अरुभन्दा भिन्न गरौ”(मेक अफ डिफरेन्स) भन्ने आफ्नो स्लोगनको मर्म र भावना अनुसार सम्पूर्ण लायनहरुले आपूmलाई समाज सेवाका लगि विशिष्ठ खालका सामाजिक कार्यहरुमा लगाउन आग्रह गर्दै आफ्नो कार्यकालमा विभिन्न सेवा, सुविधा र महाभूकम्पका कारण भत्केका विद्यालयको भौतिक संरचाना निर्माण गर्न एक क्लव, एक विद्यालय कार्यक्रम सञ्चालन गर्ने र उचित पूर्वाधारको अभावका कारण शिक्षाबाट बञ्चित सर्वसाधारण हरुका लागि लक्षित गरि “स्कूल एडप्ट कार्यक्रम”मार्फत विद्यालयमा विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने अभियानमा सहयोग गर्न क्लव अफिसरहरुलाई गभर्नर थापाले प्रशिक्षित गराएको बताए । अगामी दिनमा पोखरामा रगत अभाव हुन नदिन लायन्स ब्लड बैंक स्थापना र मुटुका बिरामीका लागि पश्चिमाञ्चल अस्पतालभित्र विशेष प्रविधि युक्त हार्ट सेन्टर सञ्चालन गरी स्वास्थ्य क्षेत्रमा विशिष्ठ सेवा गर्ने योजना रहेको थापाले बताए । क्लवहरुको अगुवाईमा कमजोर विद्यालयमा खानेपान, शौचालय, पुस्ताकालय, कम्प्यूटर, डेक्स र बेन्च लगायतका भौतिक पूर्वाधारहरुको निर्माणका लागि आफ्नो विशेष पहल रहने छ थापाले भने । गण्डकी क्षेत्रका ७३ क्लवका २ सय ९२ जना पदाधिकारीले भागलिएको प्रशिक्षण कार्यक्रममा लायन्स क्लव इन्टरनेशनलका पूर्व मल्टिपल काउन्सिल चियर पर्सन राजन लम्साल, प्रथम उपाध्यक्ष बालकृष्ण बुर्लाकोटी, द्वितीय उपाध्यक्ष धनराज आचार्य,सचिव विश्वेश्वर आचार्य, कोषाध्यक्ष प्रजापति बाँस्तोला, चन्द्रबहादुर केसी र ज्ञानबहादुर कार्की लगायतले प्रशिक्षण दिएका थिए । बर्ष ०१५÷०१६ मा स्वास्थ्य, शिक्षा,वातावरण,जनचेतना अभिवृद्धि, महाभूकम्पबाट ध्वस्त भएका विद्यालयको भौतिक संरचना निर्माण, पुस्तकालय स्थापना, छात्रवृति, रक्तदान, राहत वितरण तथा आर्थिक सहयोग गर्ने लगायतका कार्यक्रम गर्ने क्लवका अफिसरले गभर्नर समक्ष लिखित प्रतिबद्धता ब्यक्त गरेको थापाले जानकारी गराए । गभर्नर थापाले आफ्नो कार्यकाल सफल र उत्कृष्ट तुल्याउन गभर्नरमा निर्वाचित भएपछि डिष्ट्रिक्ट तहका लिडरका लागि डिष्ट्रिक्ट स्कूलिङ्ग कार्यक्रम र क्लवका अफिसरका लागि क्लव अफिसर तालिम प्रदान गरेका छन् ।
Post a Comment