गोल्डेन न्यूज संवाददाता
गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएकाहरुको सामूहिक पितृकार्य गरेको छ । ४९ औँ दिनको तिथि पारेर समाजले भूकम्पको केन्द्रविन्दु बारपाकमा पूजापाठ गरेको हो । समाजका केन्द्रीय अध्यक्ष तथा बौद्ध अर्घौँ सदनको प्रमुख आचार्य थुब्तेन हेशे (शिर लामा)को नेतृत्वमा १४ जना लामा गुरुहरु र स्थानीय बारपाककै ७ जना लामा गुरुहरुले सँयुक्त रुपमा मृत आत्माको चीरशान्तिको कामना गर्दै पूजापाठ गरेका हुन् । पितृ कार्यसँगै भूकम्पको केन्द्रविन्दु बारपाकमा स्वस्ती शान्ति पुजा गरिएको समाजले जनाएको छ । पुजामा काठमाडौं क्षेत्रीय प्रमुख आचार्य रनबहादुर गुरुङ, चितवन क्षेत्रीय प्रमुख लामा रक्षा गुरुङ, पूर्वाञ्चल क्षेत्रीय प्रमुख लामा रत्नकुमार गुरुङ लगायतका लामाहरु पनि पूजामा संलग्न थिए । पूजापाठका लागि प्राविधिक सँयोजन लामा दिपेन गुरुङले गरेका थिए भने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन लामा अमृत गुरुङले गरेका थिए । बौद्ध धर्म सिद्धान्त अनुसार कुनै पनि प्राणि मृत्युपश्चात ४९ औँ दिनमा गर्भ प्रवेश गर्ने भएकोले यो पूजापाठ सोही दिन पारेर गरिएको समाजले बताएको छ । पूजापाठसँगै समाजले बारपाकको गुम्बा मर्मतको लागि २ लाख ४३ हजार रुपैयाँ नगद सहयोग गरेको थियो । गुम्बा निर्माणका लागि स्थानीय गुम्बा अध्यक्ष लामा डम्मरसिंह घले र सचिव लामा प्रदिप गुरुङले नगद बुझेका थिए ।

Post a Comment