गोल्डेन न्यूज संवाददाता
माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको यमुना डाँडा गाविस–८ को शिला पर्वत जंगलमा मंगलबार दिउँसो दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ४ जनाको मृत्यु भएको छ । स्थानीयका अनुसार कम उचाईमा रहेको उक्त हेलिकप्टर बिजुलीको हाईटेन्सन लाईनमा ठोक्किएर दुर्घटना भएको हो । हेलिकप्टरमा चालक सुवेक श्रेष्ठका साथ तीन चिकित्सक सवार थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर भरत शर्माका अनुसार अन्यको पुरा नाम खुल्न सकेको छैन । तर दुर्घटना स्थलबाट डाक्टर सन्दिप महत नामको लाइसेन्स फेला परेको छ । त्यस्तै एक डच महिला नागरिक जेसिकाको मृत्यु भएको विमान स्थलका महाप्रबन्धक विरेन्द्र श्रेष्ठले जानकारी दिए । माउन्टेन एयरका म्यानेजर वसन्त भण्डारीका अनुसार ढल् ब्व्ए कल साइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन सुवेक श्रेष्ठसहित ४ यात्रु थिए । उनका अनुसार हेलिकप्टरमा ३ नेपाली र १ डच नागरिक थिए । बिहान ७ बजे र दिउसो १२ बजे यसै ठाउँमा हेलिकप्टरले उडान गरेको थियो । तेस्रो उडानमा दुर्घटना भएको हो एमएसएफ नामक आइएनजिओले चलाएको स्वास्थ्य शिविरका लागि हेलिकप्टरले उडान गरिरहेको थियो । मेडिकल टिमलाई लिएर फर्किँदा दुर्घटना भएको हो । हेलिकप्टर २ बजेर २५ मिनेटमा सिन्धुपाल्चोकको बलेसीका लागि उडान भरेको थियो । ‘उड्दा–उड्दै ठोक्किएर (इन रुट) ३ः४५ मिनेटमा दुर्घटना भएको हो,’ श्रेष्ठले भने । हेलिकप्टरको एटिसीसंगको अन्तिम सम्पर्क यही समयमा भएकाले यतिबेला नै दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको हो । माउन्टेन एयरले बिहीबार बिहान र दिऊँसो गरी दुई पटक सिन्धुपाल्चोकका लागि उडान भरेको थियो । तेस्रो उडानका क्रममा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक राजन पोखरेलले जानकारी दिए । दुर्घटनापछि कम्पनीसंग अब दुईमात्र हेलिकप्टर बाँकी छन् । हेलिकप्टर कम उचाईमा उडाएका कारण इन रुटमा उडान भर्दाभर्दै हाइटेन्सन तारमा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ । हाइटेन्सन तार बेसबाट ३० देखि ४० फिटको उचाईको फरकमा हुने बताइएको छ । सबै मृतकलाई काठमाडौंस्थित महाराजगन्ज टिचिङ अस्पतालमा बिहीबारै ल्याइपु¥याइएको छ । त्यस्तै नागरिक उड्डयन प्राधिकरणले पनि विज्ञप्तीमार्फत प्राविधिक अनुसन्धानका लागि विज्ञहरु खटाइसकेको जनाएको छ । महाप्रबन्धक श्रेष्ठले भने अहिले नै दुर्घटनाको कारण ठोकुवा गर्न नसकिने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार यस दुर्घटनाको छानबिनका लागि समिति बनाउने छ । माउन्टेन एयरले सन् २००९ देखि आफ्नो सेवा शुरु गरेको हो । कम्पनीले पर्वतीय उडानसंगै अन्य कमर्सियल उडान र दुर्गम क्षेत्रमा उद्दार र राहतका लागि उडान गर्दै आएको छ ।
Post a Comment