गोल्डेन न्यूज संवाददाता
ट्रेनर नेपाल, पोखराले रामघाटस्थित टप्स उच्च माविका विद्यार्थीहरुलाई चार दिने उद्घोषण, अभिप्रेरणा तथा भाषण कलासम्बन्धी तालिम दिएको छ । सोमबारदेखि बिहीबारसम्म सञ्चालित तालिममा कक्षा ९ मा अध्ययनरत ४२ जना विद्यार्थीहरु लाई ट्रेनर नेपालका रविन गुरुङले मञ्चमा प्रस्तुत हुँदा ध्यान दिनुपर्ने कुराहरु, माइक प्रयोग गर्ने कला, उच्चारण कलाबारे चार दिनसम्म प्रशिक्षण दिएका थिए । विभिन्न मेला र कार्यव्रmमहरु गर्दै आएको ट्रेनर नेपालले ‘यस वि क्यान’ भन्ने मूल नारासहित ‘स्कुल टुर’ कार्यव्रmम सुरु गरेको छ । सो टुरको पहिलो कार्यव्रmम टप्समा सम्पन्न भएको र आगामी दिनमा अन्य विद्यालयमा पनि कार्यव्रmम गरिने संस्थाका रविन गुरुङले जानकारी दिए । यसैगरी बिहीबार गाउँ खाने कथा प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त व्रिmयाकलापअन्तर्गत माध्यमिक तहका विद्यार्थीहरुका बीच अन्तरसदनात्मक रुपमा सम्पन्न प्रतियोगिता नेपाली विभागका प्रमुख भेषराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । शिक्षक रुपिन्द्र प्रभावीद्वारा सञ्चालित प्रतियोगितामा सेती सदनका सरस्वती अधिकारी, खुसी खरेल र सरला गोदारको समूह पहिलो भएको थियो । यस्तै, काली सदनका अविजित परियार, विधान घिमिरे र निशा पहारीको समूह दोस्रो र मस्र्याङ्दी सदनका भावना मगर, निकिता अधिकारी र स्मृति झाको समूह तेस्रो भएको थियो । कार्यव्रmममा अङ्ग्रेजी विभागका प्रमुख मणिप्रसाद डुम्रे र शिक्षक प्रदिप पोखरेलले विशेष सहयोग गरेका थिए ।
Post a Comment