0
२० जेठ, २०७२ (०३ जुन, २०१५)
उपाधिप्राप्त गर्नुहुने दीक्षितहरूलाई हार्दिक बधाई

पोखरा विश्वविद्यालयको परिचय ः पोखरा विश्वविद्यालय स्थापना भएको आज १८औं वर्ष पुरा भइसकेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ अन्तर्गत वि.सं. २०५४ सालमा यसको स्थापना भएको हो ।  यो विश्वविद्यालय कास्की जिल्लाको लेखनाथ नगरपालिकामा रहेको छ ।  कास्की जिल्ला अन्नपूर्ण हिमालय श्रृङ्खला तथा माछापुच्छ«े हिमालको काखमा अवस्थित छ । नेपालको राजधानी काठमाडौंदेखि करिब २०० कि.मी. पश्चिममा रहेको कास्की जिल्ला अनुपम र अलौकिक प्राकृतिक सुन्दरता, विविध जैविकता, संस्कृति र विशेषताले भरिपूर्ण अत्यन्त मनोरम ठाउँ हो । कास्की जिल्लाको सरदमुकाम पोखरा नगर, पोखरा उपत्यकादेखि पूर्वतर्फको करिब १५ किलोमिटरको दुरीमा लेखनाथ नगरपालिकाको वडा नं. १२ खुदी, ढुङ्गेपाटनमा विश्वविद्यायका सम्पूर्ण शैक्षिक एवम् प्रशासनिक संरचनाहरू रहेका छन् । पोखरा उपत्यका काठमाडौं उपत्यकापछि नेपालको दोस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल हो । नेपालका मूर्धन्य साहित्यिक स्रष्टा कवि शिरोमणि लेखनाथ पौडेलको नामबाट राखिएको लेखनाथ नगरपालिकालाई साततालको बगैचा शहर भनिन्छ । लेखनाथ नगरपालिकामा बेगनास, रूपा, मैदी, दिपाङ्ग, खाष्टे, न्यूरेनी र गुूदे ताल रहेका छन् । पोखरामा २०१७ सालमा पृथ्वीनारायण कलेजको स्थापनापछि स्थानीय शिक्षा प्रेमीहरूले एउटा छुट्टै विश्वविद्यालय खोल्नुपर्ने चर्चा चलाएपनि २०२५ सालतिर एउटा छुट्टै विश्वविद्यालयको आवश्यकता महसूस गरी विधिवत् रूपमा त्यसको प्रस्तावना गरेको पाइन्छ । राष्ट्रिय शिक्षा पद्धतिको योजना (वि.सं.२०२८) को अन्त्यपछि पश्चिमाञ्चल क्षेत्रमा रहेका क्याम्पसहरू त्रिभुवन विश्वविद्यालयबाट अलग गरी पोखरामा एउटा छुट्टै विश्वविद्यालय बनाउन प्राध्यापकहरू (प्राध्यापक संघ मार्फत), उद्योग वाणिज्य संघ र विभिन्न फोरमबाट माग सहित छलफल गरिएको थियो । नेपालमा वि.सं २०१६ सालमा स्थापित उच्च शिक्षाको एकमात्र संस्था त्रिभुवन विश्वविद्यालयले मात्र उच्च शिक्षाको बढ्दो माग पूर्ति गर्न नसक्ने महसूस गरी वि.सं. २०४० मा बहुविश्वविद्यालयको अवधारणा अघि आयो । वि.सं. २०४० मा गठित शाही उच्चशिक्षा आयोगले नेपालमा बहुविश्वविद्यालयको आवश्यकता औल्याउँदै तत्कालीन सरकारलाई आफ्नो प्रतिवेदन बुझाएपछि मुलुकमा थप विश्वविद्यालय स्थापना गर्ने पहलस्वरूप पोखरा विश्वविद्यालयको स्थापना भएको हो । पोखरा विश्वविद्यालयको प्रशासनिक कार्यको शुरूवात वि.सं. २०५४ साल फागुन २७ गते उपकुलपतिको रूपमा प्रा.डा. पुरूषोत्तम बाूस्कोटा नियुक्ति भएपछि भाडाको सानो घरमा खडा गरिएको कार्यालयबाट भएको हो । हाल विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम एवम् प्रशासनिक कार्यहरू लेखनाथ नगरपालिका वार्ड नंं. १२ स्थित खुदी, ढुङ्गेपाटनमा सञ्चालित छन् । उक्त स्थानमा रहेको करिब ११४ रोपनी प्लटमा विश्वविद्यालयका केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, प्राज्ञिक भवनहरू, पुस्तकालय भवन, प्रयोगशालाहरू आदि निर्माण गरिएका छन् ।वि.सं. २०४३ सालमा तत्कालीन शिशुवा आदर्श गाउ पञ्चायतले लेखनाथका विभिन्न स्थानमा गरी कुल २,७४०रोपनी जग्गा एक विश्वविद्यालय स्थापनाका लागि उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसै अनुरूप तत्कालीन श्री ५ को सरकारले पोखरा विश्वविद्यालयको भोगाधिकारका लागि १,३७२ रोपनी जग्गा मात्र लालपूर्जासहित उपलब्ध गराएको छ । अन्य बाँकी जग्गा विश्वविद्यालयको लागि छुट्याइएतापनि भोगाधिकारका लागि प्राप्त हुन सकेका छैनन् । पोखरा विश्वविद्यालयको सर्वोच्च निकाय भनेको विश्वविद्यालय सभा हो । प्रधानमन्त्री विश्वविद्यालयका कुलपति एवम् सभाका अध्यक्ष हुन्छन् भने शिक्षामन्त्री सह–कुलपति हुने व्यवस्था छ । विश्वविद्यालयका प्रमुख पदाधिकारीको रूपमा उपकुलपतिले पूर्णकालीन पदाधिकारीको जिम्मेवारी लिएका हुन्छन् । रजिष्ट्रार विश्वविद्यालय सभाका सदस्य सचिव रहने व्यवस्था छ ।विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यहरूलाई व्यवस्थित गर्ने कार्य प्राज्ञिक परिषद्ले गर्दछ र यसको अध्यक्षता विश्वविद्यालयका उपकुलपतिले गर्ने व्यवस्था छ । त्यस्तै विश्वविद्यालयको प्रशासकीय कार्यका लागि आवश्यक नीति निर्माण गर्ने, तिनलाई सभामा पेश गर्ने र सभाले पारित गरिसकेका नीति नियमहरूलाई कार्यान्वयनको तहमा पु¥याउने कार्य कार्यकारी परिषद्ले गर्दछ, जसको अध्यक्षता पनि विश्वविद्यालयका उपकुलपतिले गर्ने प्रावधान छ । विश्वविद्यालयमा पाठ्यक्रम विकास केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, अनुसन्धान केन्द्र स्थापना गरिएको छ । यसका साथै भारत सरकारको सहयोगमा कन्या आवास, कोरियन सरकारको सहयोगमा नेपाल कोरिया इन्फरमेशन एक्सेस सेन्टर (आइ.ए.सी.) तथा रोयल थाई राजदूतावास र सिनावात्रा यूनिभर्सिटीको सहयोगमा थाई कर्नर स्थापना गरिएका छन् । विश्वविद्यालयमा हाल स्थायी र करारमा गरी कुल १४९ जना शिक्षक र १४५ जना कर्मचारी कार्यरत छन् । यसका साथै सम्बन्धनप्राप्त महाविद्यालयमा स्थायी र करारमा  जना शिक्षक र जना कर्मचारी कार्यरत छन् ।पोखरा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू ः पोखरा विश्वविद्यालयले हाल तीनवटा सङ्कायहरूः व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्र्तगत शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसका आङ्गिक महाविद्यालयहरूको रूपमा ४ वटा स्कूलहरू १ वटा काउन्सिल सञ्चालनमा रहेका छन् भने सम्बन्धनप्राप्त महाविद्यालयहरू ५८ वटा छन् । आङ्गिक महाविद्यालयहरूमा स्नातकतहमा ९ वटा कार्यक्रम, स्नातकोत्तरतहमा ५ वटा कार्यक्रम र विद्यावारिधीसहित १४ वटा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । आङ्गिक तथा सम्बन्धनप्राप्त महाविद्यालहरूमा कुल मिलाएर ४४ वटा कार्यक्रमहरू सञ्चालन भइरहेका छ

Post a Comment

 
Top