गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ नगरपालिका वडा नं ५ विजयपुरमा रहेको सत्यता बचत तथा ऋण सहकारी संस्थाले आप्mनो तेस्रो स्थापना दिवस मनाएको छ । सस्थाका अध्यक्ष खड्क बहादुर रानाभाटको अध्यक्षतामा भएको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै लेखनाथ सहकारी मञ्चका अध्यक्ष प्रशान्तराज धमलाले सहकारीले कृषिमा आधारित क्षेत्रमा लगानी बढाएर उपभोक्ताको आय आर्जनमा सहयोग पु¥याउनुपर्ने धारणा राखेका थिए । बैंक तथा वित्तीय संस्थाहरुमा एकीकरणको अभियान चलेजस्तै सहकारीहरुका बीच पनि एकीकरण गर्नुपर्नेमा जोड दिंदै सहकरीको सिद्धान्तलाई आत्मसाथ गर्र्दै शेयर सदस्यहरुलाई आय आर्जनका कार्यक्रम मार्फत उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ धमलाको भनाई थियो । कार्यक्रममा संस्थापक सदस्य कृष्ण सुवेदी, सस्थाका सचिव प्रज्वल अधिकारी र व्यवस्थापक ईश्बर अधिकारी लगायतले सहकारीले आम जनमानसमा बचत गर्ने बानीको विकास गराउन सहयोगीको भूमिका निभाएको हँुदा बचतको माध्यमबाट आय आर्जन र रोजगारी सृजना गर्नमा गर्नेमा सहयोग पु¥याउनेमा जोड दिएका थिए ।
Post a Comment