0
गोल्डेन न्यूज संवाददाता
सडक वा विभिन्न दुर्घटनामा परेकालाई तत्काल प्राथमिक उपचार प्रदान गर्न सके ठूलो दुर्घटनाबाट जोगाउन सकिने एक कार्यक्रममा जोड दिइएको छ ।  नेपाल रेडक्रस सोसाईटी कास्की शाखा अन्र्तगत प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्तर्गत पोखरामा आयोजित  समुदाय स्तरीय प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धि ४ दिने तालिमको समापनका अवसरमा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । तालिमको समापन गर्दै प्रमुख अतिथि रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाले दुर्घटनामा परेका व्यक्तिहरुको जोखिम न्यूनिकरणका लागि प्राथमिक उपचार आवश्यक पर्ने उल्लेख गरे । सवारी चाँप बढेसँगै नेपालमा दैनिक रुपमा दुर्घटना पनि बढ्दै गएको छ । कास्की शाखाका मन्त्री कृष्ण तिमिल्सिनाले सडक दुर्घटना र प्राथमिक उपचार एक अर्कासँग जोडिएको बताउँदै तालिमको उपयोग गर्न आग्रह गरे । नेपाल रेडक्रस सोसाइटिका केन्द्रिय कार्यालय प्राथमिक उपचार महाशाखाका कार्यक्रम अधिकृत टिकाराज पौडेलले तालिमहरुबाट विभिन्न घटनाबाट हुन सक्ने मानवीय क्षतिको न्युनिकरणको लागि समुदायस्तरबाट पहल हुन सहयोग पुग्ने बताए ।  तालिममा हात भाँचिएका, गहिरो चोटपटक लागि रगत बगेको, बेहोस लगायतका अवस्थामा विरामीलाई कसरी प्राथमिक उपचार गर्ने बारे सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको हो । कास्कीको कोत्रे देखि लुम्लेको नयाँपुल सम्म अत्याधिक दुर्घटना हुने क्षेत्रलाई ध्यान दिएर दुर्घटना न्युनिकरण र घाइतेको उपचारका लागि सामुदाय स्तरमा विभिन्न कार्यक्रम भइरहेको फिल्ड  कोअर्डिनेटर प्रतिभा सापकटाले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी पोखरा १०,११ उपशाखाका उप–सभापति गंगा कुँवरको सभापतित्वमा भएको कार्यक्रममा सहभागिको तर्फबाट कलावती अधिकारी, पूर्ण बहादुर गुरुङ लगायतले बोलेका थिए ।  चारदिने तालिममा कृष्ण तिमिल्सना, रेखा ढकाल, देव नारायण पौडेल, मोहन सिहं खड्का र शुक्रराज सुवेदी लगायतले सहजीकरण गरेका थिए । २४ जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिममा  नेपाल रेडक्रस सोसाईटी  १०, ११ उपशाखाले  संयोजन गरेको हो ।

Post a Comment

 
Top