0
गोल्डेन न्यूज संवाददाता
सभामुख सुवास नेम्वाङले सर्वोच्च अदालतको आदेशले संविधान निर्माण प्रकृया नरोकिने बताएका छन् । संविधान लेखन प्रक्रिया अगाडि बढिसकेको हुँदा अब बीचमा आउने अड्चनले रोक्न नसक्ने उनको बताए । व्यवस्थापिका–संसद्, विकास समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा संयुक्त रुपमा आइतबार पोखरामा आयोजित ‘विनाशकारी भूकम्प पछिको पर्यटन क्षेत्रको उत्थान विकास एवं प्रवद्र्धनमा गरिनुपर्ने सुधार उपाय’ कार्यक्रममा बोल्दै उनले दलका नेताहरुले गरेको सुझबुझपूर्ण सहमतिले संविधान लेखनको सुनिश्चिता गरेको बताए । उनले भने–‘अब संविधान लेखनका लागि सबै आधारहरु तयार भइसकेका छन् । दलहरुबीच सहमति जुटिसकेको छ । यस्तो अवस्थामा अब संविधान लेखन प्रक्रिया रोकिन्न । ‘दोस्रो संविधान सभा निवाचनपछि पहिलो पटक पोखरा आउनु भएक सभामुख नेम्वाङले प्रशन्न मुद्रामा संविधानका केही विवादित विषयमा सहमति गरेर राजनीतिक दलहरुले जनतामा नयाँ आशा जगाएको बताइ । भूकम्पपछि राजनीतिक दलहरुबीच देखिएको अभूतपूर्व एकता र सहकार्यले मुलुकको पुनःनिर्माण तथा पुनःस्थापना र संविधान लेखनमा बल मिलेको नेम्वाङको भनाइ थियो । नेम्वाङले संविधान सभामार्फत संविधान बनाउनु जनताको चाहना भएको बताउदै अदालतको आदेश लगायत कुनै पनि कुराले संविधान निर्माण अवरुद्ध नहुने स्पष्ट पारे । उनले भन्नुभयो,–‘संविधान सभाले दलहरुकै सहमतिमा आधारित भएरै संविधान निर्माण प्रकृया अगाडि बढ्छ ।’ उनले अदालतबाट ‘किन त्यस्तो आदेश आयो अचम्म लाग्या छ,?’ उने भने– ‘सर्वोच्चको फैसलाले संविधान निर्माणमा कुनै असर गर्दैन ।’ उनले अदालतको निर्णय एक तर्फ भएको बताउदै सविधान निमार्णका काम नरोकिने बताए । जनताले कुनै पनि बाहनामा संविधानको प्रकृया नरोकियोस् भन्ने चाहेकोले संविधान सभाले काम अगाडी बढाएको बताए । उनले अदातले के आदेश दिएको छ भन्ने बारेमा आफूलाई कुनै जानकारी आइनसकेको बताए । अर्थमन्त्री डा रामशरण महतले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन प्रवद्र्धन गर्न नै यही असार १० गते ‘नेपालको पुनःनिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन’ आयोजना गर्न लागिएको र यसमा अहिलेसम्म ४० देशका १११ जना विशिष्ट व्यक्तिले सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिए । अर्थमन्त्री डा महतले भने– मपुनःनिर्माण तथा पुनःस्थापनाका लागि सहयोगी हातहरु धेरै आएका छन् । स्रोतको चिन्ता छैन । खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले पोखरामा क्षेत्रीय विमानस्थलको छिट्टै शिलान्यास हुने विश्वास दिलाए । विकास समितिका सभापति रवीन्द्र अधिकारीले पर्यटन विकासको नयाँ खाका कोर्न पर्यटकीय राजधानी पोखरामा कार्यक्रम आयोजना गरिएको बताए । समितिका सदस्य यज्ञबहादुर थापाले पर्यटकीय राजधानी पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढिरहेको जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च प्राथमिकताका साथ प्रसारप्रचार गरिरहेको बताए भने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सोमलाल सुवेदीले स्थानीय विकास र पर्यटन विकासलाई सँगैसँगै अगाडि बढाउनुपर्ने बताए । क्षेत्रीय प्रशासक दिनेश थपलियाले पर्यटकीय नगरी पोखरा भ्रमणका लागि सुरक्षित भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्नुपर्ने बताएको सफल न्यूजले उल्लेख गरेको छ ।

Post a Comment

 
Top