नेपाल निजामती कर्मचारी युनियन यतिबेला विद्यालयको पुनःनिर्माणमा जुटेको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि आएका परकम्पनले क्षति पु¥याएको गोरखा फुजेल–८ स्थित बटुकी निम्नमाध्यमिक विद्यालय र मिरकोट उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा जुटेको हो । जिल्ला शिक्षा कार्यालयबाट २०६६ सालमा अनुमति लिएर निम्न माध्यमिक विद्यालय सञ्चालन गरेको बटुकी निमाविका चारवटै भवन भूकम्पले पूर्ण क्षति पु¥याएपछि विद्यार्थीलाई खुला आकाशमा राखेर कक्षा सञ्चालन गर्दै आएको सो विद्यालयका प्रधानाध्यापक मोतिलाल श्रेष्ठले जानकारी दिए । उनले भने–“फुजेल गाविसको सबैभन्दा बढी विद्यार्थी पढ्ने यस स्कुलमा भूकम्पले क्षति पुगेपछि कक्षा सञ्चालनमा साह्रै समस्या आएको छ ।” दिउँसो अत्यधिक गर्मी हुने र २÷३ बजेपछि पानी आउने समस्याले बिहान ६ बजेबाट ११ बजेसम्म कक्षा सञ्चालन गरेको श्रेष्ठले बताए । भूकम्पले क्षति पु¥याएको उक्त विद्यालयमा शिक्षक दरबन्दी कम हुँदा पठनपाठनमा समेत समस्या पर्ने गरेको सहायक प्रधानाध्यापक एकप्रसाद पन्त बताउँछन् । उनी भन्छन्–“स्थायी पाँच र निजी स्रोतका तीन शिक्षकले कक्षा सञ्चालन गरेकामा निजी शिक्षकका लागि जिल्ला शिक्षा कार्यालयले पैसा नदिँदा तलब खुवाउन समस्या परेकोे छ ।” व्यक्तिगत र कुनै संस्थाबाट पैसा उठाएर तलब खुवाउने हुँदा निजी स्रोतका शिक्षकले समयमा आफ्नो पारिश्रमिक नपाउने गरेको गुनासो उनले गरे । विद्यालयलाई बिहान पढाउन सजिलो भए पनि अधिकांश विद्यार्थी भने बिहान उठेर आउन गाह्रो भएकाले ८ बजेसम्म विद्यालय आउने गरेका थिए । एकातिर विद्यालयको आन्तरिक पीडा त छँदैछ अर्कातिर विद्यालयका सबै भवन भत्किँदा पीडामाथि पीडा थपिएको स्थानीयवासी बताउँछन् । उक्त पीडालाई थोरै भए पनि सहज बनाउन नेपाल निजामती कर्मचारी युनियनको टोली विद्यालय पुनःनिर्माणका लागि सो विद्यालयमा पुगेकोे छ । फूलपातीडाँडामा रहेको विद्यालय क्षतिग्रस्त भएपछि च्यूरीबोटे गह्रामा सारेर विद्यालय निर्माणमा युनियनको टोली जुटेको हो । नेपाली काँग्रेसको भ्रातृ सङ्गठनका रूपमा देशभर फैलिएका कर्मचारी युनियनले शनिबारको दिन पारेर विद्यालय निर्माणमा लागेको हो । युनियनका अध्यक्ष इञ्जिनियर सुवोधकुमार देवकोटाले लोकतन्त्रमा लागेका व्यक्तिले केही गरौँ पीडितको पीडामा केही हदसम्म मल्हम लगाउँ भनेर विद्यालय निर्माणमा जुटेका हौँ उनले भने । देवकोटाले भूकम्प गएको भोलिपल्ट युनियनको आकस्मिक बैठक बसेर देशभरका प्रजातान्त्रिक कर्मचारीहरूलाई आ–आफ्नो क्षेत्रमा खटाएको जानकारी दिए । युनियनले भूकम्पका घाइतेका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै भूकम्पमा ज्यान गुमाएका युनियन काठमाडौँका सहसचिव भास्कर सापकोटाको स्मृतिमा भास्कर सापकोटा दैवी प्रकोप उद्धार कोष स्थापना गरी प्रत्येक विपद्मा चाहिने त्रिपाल, लत्ताकपडा, खाद्यान्न लगायतका अत्यावश्यक सामग्री किनेर मौज्दात राख्न लागेको बताए । उनले आगामी दिनमा २५ जिल्लामा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा, नुवाकोटलगायतका जिल्लामा विद्यालय पुनःनिर्माण गर्ने बताए । युनियनले विश्वका अरू युनियनसँग सहकार्य गरेर दलित, गरिब, महिला, पिछडिएका वर्गलाई लक्षित गरेर नमुना गाउँ निर्माण गर्ने जुन गाउँ सबै पूर्वाधारयुक्त हुने युनियनले जनाएको छ । फुजेल गाविसकै २ नं वडामा रहेको दीर्घेश्वर माध्यमिक विद्यालयमा गगन थापाले पठाएको जस्तापाता सोही क्षेत्रका नेपाली काँग्रेसका क्षेत्रीय सभापति धीरन थापाले वितरण गरेका थिए ।
Home
»
पछील्ला समाचार
»
महत्वपूर्ण समाचार
»
शिक्षा
»
संघ संस्था गतिबिधी
» विद्यालय पुनःनिर्माणमा कर्मचारी युनियन
Subscribe to:
Post Comments (Atom)
Post a Comment