भूगोल केन्द्र नेपालका अध्यक्ष प्रा रामकुमार पाँडेले नेपाली संस्कृति र पहिचानमा विकृति नआउने गरी राष्ट्रिय पुनःनिर्माणमा जोड दिएका छन् । हतारमा हैन, राम्ररी अध्ययन गरी नेपालको पुरानो स्वरूप कायम राख्नुपर्छ, साथै नेपाल भूकम्पको जोखिम क्षेत्र पनि भएकाले नयाँ प्रविधि पनि अँगाल्नुपर्ने उनले बताए । नेपाली जनजातिका आआफ्नै गृहनिर्माण शैली भएकाले त्यो पहिचान जोगाउनुपर्ने सोच राख्नुपर्र्र्नेमा उनले जोड दिए । गुरुङको घुमाउने घर, तामाङको ढुङ्गाको घर र शेर्पाको काठको घर जस्ता विशेषता भएकाले जताततै जस्तापाताले घर छाउँदा यहाँको रूपदृश्य, वातावरण र संस्कृतिलाई खराब बनाउने उनको तर्क छ । भूकम्पपीडितलाई उनीहरूको हावापानी अनुकूलता प्रतिकूल जथाभाबी स्थानान्तरण गर्न नहुने सुझाव पनि उचाइ भूगोलका ज्ञाता पाँडेको छ । भूगर्भ र भूगोलविद्ले सिफारिस गरेका जमिनमा घर निर्माण तथा बस्ती विकास गर्नुुपर्ने बताउँदै उनँले भने–“विज्ञहरू सम्मिलित परिषद्को बैठकबाट नेपाली मौलिकता, प्रविधि र भौगोलिकता लाई विचार गरेर नेपाली पहिचान दिलाउने बस्ती विकास गराउनुपर्छ, भूउपयोग र बस्ती विकासको राम्रो योजना आवश्यक छ ।” सहरी क्षेत्रमा भाडाबाट आयआर्जन गरिरहेकाहरू लाई एक चोटि घरको तला घटाउन दिन नमिल्ने बताउँदै उनीहरूको आर्थिक स्रोतलाई पनि ध्यान दिनुपर्ने उनको तर्क छ । “एकैचोटि अग्लो घरमा रोक लगाउनुहुँदैन, नयाँ उपाय खोज्नुपर्छ” उनले भने । ठूला सहरमा डेरावाल र थोरै दिनका लागि बाहिरबाट आउनेहरूका लागि बस्ने ठाउँ पनि आवश्यक भएकाले त्यसबारे पनि सोच्नुपर्ने उनले बताए । यहाँका बस्तीहरू नदी किनारमा राख्न नहुने बताउँदै उनले ती बस्तीलाई तुरुन्त सुरक्षित स्थानमा सार्नुपर्ने सुुझाव दिनुभयो । यस्ता विषयमा पनि कार्ययोजना ल्याइनुपर्ने उनले बताए । हालै कालीगण्डकी थुनिँदा नदी किनारका बस्ती जोखिममा परेको उदाहरण उनले दिए । त्रिविमा भूगोलका पूर्वप्राध्यापक पाँडेले यहाँ विपत् व्यवस्थापनबारे केही प्रचार भए पनि त्यो त्यति काम नलागेको बताउँदै अब विद्यालय र कलेजका पाठ्यक्रममा नेपालको भूगोल, विपद् र व्यवस्थापनसम्बन्धी विषय अनिवार्य रूपमा राख्न सुझाव दिए । रासस
Home
»
पछील्ला समाचार
»
बिज्ञान-प्रबिधि
»
महत्वपूर्ण समाचार
» “नेपाली पहिचान दिलाउने बस्ती आवश्यक छ”
Subscribe to:
Post Comments (Atom)
Post a Comment