0
भूकम्प प्रभावितहरुलाई सहयोगका लागि कास्की रेडक्रसमा नगद संकलन हुने क्रम जारी छ ।  मंगलवार नेपाल जुनियर रेडक्रस सर्कल पश्चिमाञ्चल उच्च मा.वि. पोखरा–४ बाट १३ हजार रुपैया, हरिप्रसाद माहासव्देव वेल्फास्ट, अमेरिकाबाट ८ हजार रुपैया र नेपाल रेडक्रस सोसाइटी देउराली उपशाखाबाट १५ हजार रुपैया प्राप्त भएको कोषाध्यक्ष धर्मराज अधिकारीले जानकारी दिए । शाखामा हालसम्म ३२ लाख ३८ हजार ३ सय ३४ रुपैयाँ संकलन भएको छ । विभिन्न सामान खरिद र ढुवानीमा गरि कुल १६ लाख ४३ हजार ३ सय ३६ रुपैया खर्च भएको छ ।  हालसम्म कास्कीमा पहिलो चरणमा राहत वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको रेडक्रस कास्कीका सभापती वामदेव ढुङ्गानाले बताए ।  अझैपनि विभिन्न गाविसहरुबाट राहतको लागि माग आउने क्रम भने जारी रहेको जनाइएको छ ।

Post a Comment

 
Top