0
नेत्रहीन संघ कास्कीको आयोजना र लेखनाथ नगरपालिका को आर्थिक सहयोगमा अपाङ्गता भएका महिलाहरुका लागि पाँच दिने अचार बनाउने र उद्घोषण तालिम बुधबार सम्पन्न भएको छ । तालिमका सहभागीलाई प्रमाण पत्र वितरण गर्दै लेखनाथ नगरपालिका का कार्यकारी अधिकृत रामचन्द्र पौडेलले यो समाजमा कोही पनि अपाङ नभएको प्रसङ्ग उठाउँदै उनले सिप र जागर भएमा जुनसुकै काम पनि गर्न सकिनेमा जोड दिएका थिए । हामी जो कोहीमा पनि केहि न केहीका समस्याहरु छन् तर तिनै समस्यालाई देखाएर आत्मवल कमजोर बनाउने हो भने जीवनमा अगाडि बढ्न सकिदैन त्यसैले उच्च मनोबलका साथ आफूलाई क्षमताबान बनाउनु पर्छ उनको सुझाव थियो । सोही अवसरमा नेपाली कांग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने,नेकपा एमाले लेखनाथ नगर उपाध्यक्ष रामहरि ढुंगाना र स्थानीय नेटवर्कका संयोजक खोम शर्मा लगायतले सिकाई र पढाई कहिल्यै नसकिने भएकाले आफूले सिकेका कुरालाई बास्तविक जीवनमा उतारी व्यवसायिक तरिकाले अगाडि वढ्न सवैमा अनुरोध गरेका थिए ।  नेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका संयोजक सूर्य बहादुर परियारले स्वागत र सचिब अमृत केशीले संचालन गरेका थिए । पाँच दिनसम्म चलेको अचार बनाउने तालिममा १७ जना र उद्घोषण तालिममा ११ जनाको सहभागिता रहेको तालिममा शारदा गौतम, धनश्याम पाण्डे, श्रीकान्त सापकोटा, सुश्मा पौडेल र राजन उपाध्यायले सहजीकरणमा सहयोग पु¥याएका थिए ।

Post a Comment

 
Top