0
गोल्डेन न्यूज संवाददाता
नेपाल तरुण दलका केन्द्रीय सदस्य मुक्तिराम अधिकारीलाई पितृशोक परेको छ । मुक्तिरामका बुबा प्रेम प्रसाद अधिकारीको शनिबार दिउसो उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । गत सोमबार कास्कीको ढिकुरपोखरी–९ स्थित आफ्नै बारीमा काम गर्नेक्रममा सर्पले टोके पछि उपचारका लागि पोखरा ल्याएकोमा शुक्रबार उनलाई औषधि सेवन गर्ने गरि घरमा नै फर्काइएको थियो । तर शुक्रबार बेलुका उनी गम्भीर बिरामी बनेपछि तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र त्यहाँबाट मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा त्यहाँ नै उपचारको क्रममा निधन भएको हो । ७६ बर्षीय अधिकारी शारीरिक रुपमा भने तन्दुरुस्त थिए । अधिकारीको आइतबार बिहान ढिकुरपोखरीबाट हेमजा हुँदै सेती नदीमा ल्याएर अन्त्येष्टि गरिने बताइन्छ । स्व. अधिकारीका श्रीमती जमुना अधिकारी र ४ छोराहरु मुक्तिराम, ई.एकराज, रामचन्द्र र लक्ष्मण अधिकारीका साथै ४ छोरीहरु रहेका छन् । नेपाली कांग्रेसका  क्रियाशील सदस्य समेत रहेका स्व. अधिकारी स्थानीय स्तरमा सामाजिक तथा शैक्षिक क्षेत्रका साथै विकास निर्माणको क्षेत्रमा समेत सक्रिय थिए । उनका छोराहरु सबै नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् ।  

Post a Comment

 
Top