0
गोल्डेन न्यूज संवाददाता
“भूकम्प प्रभावित हरुका लागि ह्याण्डवल” भन्ने मूल नाराका साथ शुक्रवारदेखि पोखरामा सुरु भएको कसमस कप अन्तरविद्यालय ह्याण्डवल प्रतियोगिता शनिवार जारी रहेको छ । बिहीवार प्रथम चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिताका संयोजक मिन गुरुङ्गले जानकारी दिए । प्रतियोगिता अन्तर्गत छात्रातर्फ क्वाटर फाइनलमा प्रवेश गर्ने विद्यालयहरुमा मनकामना वोर्डिङ्ग स्कुल, सृजना उच्च मावि, पोखरा एकेडेमी, आर्दश उच्च मावि, गण्डकी उच्च मावि, लिटिल स्टेप उच्च मावि, ज्ञानज्योती उच्च मावि, र माउन्ट अन्नपूर्ण उच्च मावि रहेका छन ।  क्वाटर फाइनलमा प्रवेश गर्ने क्रममा मनकामना ले सिद्धि विनायकलाई ४–० ले, सृजनाले लेखनाथ मेमोरियललाई १–० ले, पोखरा एकेडेमीले गुरुकुललाई ४–३ ले, आर्दशले सोशल पव्लिकलाई ३–१ले र गण्डकीले सैनिकलाई ८–० गोल अन्तरले पराजित गरेका थिए । यसैगरि छात्र तर्फको खेलमा शैनिक आवासीय महाविद्यालय, सोसल पव्लिक, युनिभर्स वोर्डिङ्ग स्कुल, माउन्ट अन्नपूर्ण उच्च मावि, ग्यान ज्योती उच्च मावि, लिटिल स्टेप उच्च मावि, कास्की मोर्डनाइज्ड र जनप्रिय उच्च मावि क्वाटर फाइनलमा प्रवेश गरेका छन । क्वाटर फाइनलमा प्रवेश गर्ने क्रममा शैनिकले वेल नोन एकाडेमीलाई १०–३ ले, सोसल पव्लिकले एसओएसलाई ११–३ ले, युनिभर्सले लेखनाथ मेमोरियललाई ७–०ले माउन्ट अन्नपूर्णले सिद्धिविनायकलाई २२–१ले ज्ञानज्योतीले राइजिङ्ग स्टारलाई १३–२ को गोल अन्तरले पराजित गरेका छन । सम्पन्न खेलमा गौरिशंकरले जनप्रियलाई वाक ओभर दिएको थियो भने छात्रतर्फको खेलमा सर्वाधिक गोल माउन्ट अन्नपूर्णका मिलन पुनले ९ र महेन्द्र पुनले ८ गोल गरेका थिए । आइतवार क्वाटर फाईनलका खेलहरु हुने छन । जेठ १८ गतेसम्म जारी रहने प्रतियोगितामा १८ विद्यालयका छात्रातर्फ १९ र छात्रतर्फ १८ गरि ३७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजयी हुने टिमले नगद १० हजार पुरुस्कार सहित कसमस ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिता कास्की जिल्ला ह्याण्डवल संघको आयोजना कशमश इन्टरनेशनल कलेजको प्रायोजन तथा जिल्ला खेलकुद विकाश समितिको तत्वाधान र विद्यालय ह्याण्डवल संघ कास्कीको सहयोगमा भएको हो । 

Post a Comment

 
Top