0
तनहुँमा गएराति भएका विभिन्न दुर्घटनामा परी पाँचको मृत्यु भएको छ । चट््याङबाट जिल्लाको कोटदरबार गाविस–६ काम्छे बस्ने वर्ष ३७ का हस्तबहादुर थापा र ४१ वर्षीय झरीमाया थापाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा देवर भाउजु रहेका छन् । त्यसैगरी, गएराति मुग्लिनबाट आँबुखैरेनी बजारतर्फ आउँदै गरेको ना १८ प २९५५ नम्बरको मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाविस–८ बेनीटार बस्ने वर्ष १५ का गणेश थापा र सोही वडा निवासी वर्ष १६ का भक्तबहादुर थापाको मृत्यु भएको हो । सोही वडा निवासी वर्ष २२ का मनोज गुरुङ भने घाइते भएका छन् । पृथ्वीराजमार्गमा गुडिरहेको अवस्थामा माथिबाट पहिरो झर्न जाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 त्यसैगरी, गएराति नै जिल्लाको बन्दिपुर गाविस–७ खानीगाउँ निवासी वर्ष ३२ का मीनबहादुर गुरुङको घरमा रहेको मिटरबक्समा चट््याङ लाग्दा आगलागी भएको थियो ।

Post a Comment

 
Top