राहत वितरणका लागि खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले १४ दिनदेखि बेपत्ता भएकी बालिकाको शव फेला पारेको छ । सिन्धुपाल्चोक दुवाकोट गाविस ९ देउरेनीका धनराज गिरीकी पाँच वर्षकी छोरी जमुना गिरीको शव फेला पारेको सेनाका जमदार दीपक चौधरीले जानकारी दिए । मेलम्ची व्यारेकमा तैनाथ वीरगन्ज व्यारेकबाट आएको उद्धार टोलीको नेतृत्व गर्दै गएका श्री बरखगणका जमदार दीपक चौधरी र सशस्त्र प्रहरी बलका बरिष्ठ हवल्लार मोहन गिरी नेतृत्वको संयुक्त टोलीले लामो समयको प्रयासपछि बालिकाको शव भेटाएको थियो । बालिकाको शवलाई उद्धार टोलीले परिवारको जिम्मा लगाएको छ । अनलाइनखबर
Subscribe to:
Post Comments (Atom)
Post a Comment